काठमाडौं – काठमाडौं उपत्यकामा शुक्रबार थप २०८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।
उनका अनुसार काठमाडौं १८२, ललितपुरमा २५ र भक्तपुरमा १ संक्रमित थपिएका हुन्। गौतमका अनुसार काठमाडौं जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
यसअघि बिहीबार उपत्यकामा २ सय संक्रमित थपिएका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७