काठमाडौं – सोमबार बिहानसम्म मानन्धरले पद छाड्नुपर्ने कुनै सुइँको पाएका थिएनन्। बिहान पौने १२ बजे शीर्ष नेताले छलफल गर्न भन्दै बोलाए। त्यहीँ राजीनामाबारे कुरा भयो। गौतमले प्रतिनिधिसभा सदस्य बन्न इच्छा देखाएपछि आफूसम्म प्रस्ताव आउन सक्ने अनुमान उनले ६ महिनाअघि नै लगाएका थिए।
तर औपचारिक कुराकानी सोमबार बिहान मात्रै भयो। उनले स्थानीय तहमा कांग्रेसले धेरै स्थानमा जितेको, महानगरले जनअपेक्षाअनुसार काम गर्न नसकेको कारण जित्न सजिलो नहुने बताएका थिए।
गौतमले उल्टै प्रश्न गरेका थिए, ‘जित्नका लागि कति खर्च गर्नुपर्ने हो ? एक अर्ब चाहिन्छ ? त्यति भए जितिँदैन ? ’ खर्चका लागि गौतम तयार रहेको पनि उनले स्थानीय प्रतिनिधिलाई सुनाए।
मंगलबार दिउँसो पत्रकार सम्मेलनमा भने उनले आफै पद छाड्न तयार रहेको दाबी गरे। राजीनामाबारे आउने पार्टी सचिवालय बैठकले निर्णय लिन सक्ने पनि उनले बताए। अन्नपूर्णपोष्ट दैनिक
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३