काठमाडौं। स्वतन्त्र नागरिकले लोक दोहोरी गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ लाई सार्वजनिक स्थानमा घन्काउने भएको छ।
अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न भन्दै स्वतन्त्र नागरिकले आइतबार साँझ माइतीघर मण्डलामा सो गीत बजाउने भएको हो।
सत्तापक्षको आक्रोशपछि युटुबबाट हटाइएको भनिएको उक्त गीत गायक शर्माले केही दिनअघि मात्रै आफ्नो युटुबमा सार्वजनिक गरेका थिए।
तर गायक शर्माले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर आफै गीत हटाएको र परिमार्जनसहित फेरि आउने बताएका छन्।
उनको यो गीत हटाइएपछि चौतर्फी आक्रोश समेत पोखिएको छ। सामाजिक सञ्जाल ट्वीटरमा कसै कसैले त पुराना पञ्च्यातकालिन दिनहरु फर्केकोसम्म टीप्पणी गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७