हेटौंडा – मकवानपुरमा प्रहरीले ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिंह राठौरले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३