एजेन्सी – पोर्चुगलको फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिकको नाम, उमेरको बारेमा भने पूर्ण जानकारी गोप्य नै राखिने त्यहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । आइतबार मात्रै थप ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सोमबार बिहानसम्म पोर्चुगलमा २ सय ४५ जना संक्रमित भएका छन् । जसमध्ये आइतबार मात्रै ७६ जना नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ९ जनाको गम्भीर अवस्थामा उपचार भइरेको छ।
विश्वका १५७ देशमा देखिएको कोरोना संक्रमणबाट ६ हजार ५ सय १६ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ६९ हजार ५ सय ५६ जना संक्रमित छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३