भारतले ‘वन्दे भारत’ मिसनअन्तर्गत विदेशमा रहेका भारतीयलाई एअर इन्डियाको जहाजले भारत फर्काउने क्रमलाई तिब्रता दिएको छ ।
त्यसै अन्तर्गत शनिबार दिल्लीबाट एयर इन्डियाको जहाज रुसतर्फ उडेको थियो । जब जहाज उज्वेकिस्तानको आकाशमा पुग्यो, तब पाइलटलाई कोरोना भारसको संक्रमण भएको खबर ककपिटमा आइपुग्यो । भारतबाट यात्रु नलिइ खाली उडेको जहाज उज्वेकिस्तानको आकाशबाटै भारत फर्कियो ।
उडानभन्दा अगाडी पाइलट तथा चालक दलका सदस्यहरुको कोरोना टेष्ट गरिएको थियो । तर टेष्ट गर्ने कर्मचारीले भुलबस कोरोना पोजेटिभलाई नेगेटिभ भन्न पुगे ।
पाइलटलाई क्वारेन्टिनमा राखेर आर्को जहाज व्यवस्थापन गरी रुस पठाउने तयारी भइरहेको भारतीय संचारमाध्यम एनडी टीभीले खबर प्रसारण गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३