बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको घटनासँगै बलिउडमा फेरि एकपटक ‘परिवारवाद’को विषयले चर्चा पाएको छ। चलचित्र क्षेत्रभन्दा बाहिरबाट आएका कलाकारलाई बलिउडले महत्व नै नदिने भएकाले धेरै कलाकार डिप्रेसनमा जाने र कतिपयले आत्महत्याको बाटो अपनाउने गरेको टिप्पणी भइरहेको छ ।
नायिका कंगना रनावतले यो विषयमा भिडियो सार्वजनिक गर्दै आक्रोश व्यक्त गरेकी छन् । उनले भनेकी छन्–‘सुशान्तले दर्शकलाई आफ्नो चलचित्र हेरिदिन आग्रह गरिरहेका थिए । उनलाई चलचित्र क्षेत्रले आफ्नोपनको आभाष नै गराउन सकेन । ‘छिछोरे’ जस्तो चलचित्रले कुनै अवार्ड पाउँदैन, गल्ली ब्वाई जस्तो बकवास चलचित्रले अवार्ड पाउँछ ।’
कंगनाले अगाडि भनिन्–‘हामीलाई यो चलचित्र नगरीबाट केही पनि चाहिएको छैन । तर हाम्रो कामको मूल्याङ्कन किन हुँदैन ?’ कंगनाले आफूले निर्देशन गरेको हिट चलचित्रलाई पनि जर्बजस्ती फ्लप भन्ने गरेको भन्दै मूल्याङ्कन नहुने गरेको बताएकी छिन्।
कंगनाले सुशान्तको निधनबारे प्रश्न उठाउँदै भनेकी छिन्–‘यो आत्महत्या थियो या योजनाबद्ध हत्या ?’
चलचित्र क्षेत्रका केही चलचित्रकर्मी र केही पत्रकारले ‘यो क्षेत्रमा तिम्रो केही काम छैन’ भन्ने गरेको र सुशान्तले यो कुरा मानेको कंगनाले बताएकी छिन् । आक्रोशित कंगनाले फेरि एक पटक बलिउडमा ‘परिवारवाद’ हाबी भएको भन्दै अन्य कलाकारको कामको मूल्यांकन हुन नसकेको टिप्पणी गरेकी छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७