बलिउडमा सफलताको पाइला टेक्दै गरेका नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरे । आफ्नो बान्द्रास्थित अपार्टमेन्टमा उनले झुन्डिएर आत्महत्या गरेका थिए । उनको शवलाई पोष्टमार्टम गरिएको छ । उनले, आत्महत्या गरेको पुष्टी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
सुशान्तको निधनसँगै यतिबेला उनको जिन्दगीका विभिन्न पाटाहरु सार्वजनिक भैरहेका छन् । केही समय अगाडि सामाजिक संजालमा उनले आफ्ना ५० सपनाहरु सार्वजनिक गरेका थिए । जुन, अहिले चर्चित बनिरहेको छ ।
सुशान्तले देखेका ५० सपनामा हवाइजहाज उडाउनेदेखि टेनिस खेल्नेसम्मका छन् । उनले ५० सपनाहरु भन्दै हवाइजहाज उडाउन सिक्ने, देब्रे हातले क्रिकेट खेल्ने, च्याम्पियनसँग टेनिस खेल्ने, एक हजार रुख रोप्ने, बेलुकी आफूले अध्ययन गरेको दिल्ली कलेजको होस्टेलमा बिताउने लगायत थिए ।
यस्तै, एक सय बच्चाहरुलाई वर्कशपका लागि नासामा पठाउने, किताब लेख्ने, नासाको अर्को वर्कशपमा सहभागी हुने, ६ महिना सिक्स प्याक्स बनाउने, एक हप्ता जंगलमा बिताउने, एलआइजीको घुम्न जाने, घोडा चढ्न सिक्ने, १० वटा नृत्यका स्टेपहरु सिक्ने, निःशुल्क शिक्षाका लागि काम गर्ने सपना पनि उनले देखेका थिए ।
सुशान्तले अन्य सपनाहरुमा क्रिया योगा सिक्ने, ज्वालामुखी विस्फोट हुँदै गरेको दृश्य खिच्ने, बच्चाहरुलाई डान्स सिकाउने, आफ्नो ५० वटा गीतको धुनमा गितार बजाउने, च्याम्पियनसँग चेस खेल्ने, सिंगो यूरोप नै रेलबाट यात्रा गर्ने, स्वामी विवेकानन्दको वृत्तचित्र बनाउन लगायतका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७