काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठक, प्रतिनिधि सभा बैठक लगायतका ठाउँमा बोल्दा कोरोना भाइरससँग लड्न अपनाउनु पर्ने उपाए, उपचारका टिप्सहरु दिएका थिए । बेसार पानी खाएर, तातोपानी खाएर कोरोना निको पार्नु पर्छ भन्ने अभिव्यक्ति उनले दिएका थिए । कोरोना लाग्यो भने हाछ्यूँ–साछ्यूँ गरेर निको पार्नु पर्ने कुरा पनि प्रधानमन्त्री ओलीले गरेका थिए ।
प्रधानमन्त्रीको यही अभिव्यक्तिप्रति व्यंग्य गर्दै तीन युवा एक गीत निकालेका छन् । ‘खाने रे खाने रे.. केपी बाले भनेको बेसार पानी रे…’ बोलको गीत सोमबार मात्रै युट्युबमा अपलोड गरिएको छ ।
गीत प्रदीप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीले गीत गाएका भने रचना र संगीत पनि गायक तीन जनाकै रहेको छ गीतको एरेन्जर तारानाथ आचार्यले हुन् । बेसार पानी खाएको भए कोरोनाबाट कोही मर्न नपर्ने, सरकारले राम्रो काम गरेको तर जनता नै अल्छी भएर कोरोना लागेको जस्ता विषयहरु समेटेर व्यंग्य गरिएको छ। कोरोना उपचार तथा नियन्त्रणमा खर्च अर्ब त बेसार पानीले पो खाएको रहेछ भनेर गीतमार्फत व्यंग्य गरिएको छ ।
प्रधानमन्त्रीको कोरोना रोकथाम र उपचारको प्रसंगमा सुनाएका बेसार पानी, हाछ्यूँ जस्ता किस्सा जोडेर सरकारका आलोचकहरुले विभिन्न माध्यमबाट व्यंग्य गर्दै आइरहेका छन् ।
कोरोनामा खर्च गरिएको भनिएको १० अर्ब जस्ता विषय गीतमा समेटर व्यंग्य गरिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७