काठमाडौँ – गायक सुरेश ढुंगानाको गीत तथा म्युजिक भिडियो ‘बाबा’ सार्वजनिक भएको छ।
सत्य स्वरूपको संगीत रहेको सो गीतका रचनाकार कुमार खत्री हुन् भने एरेञ्जर आमोस तामांग रहेका छन्। गीतको म्युजिक भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन्।
गीतले आफ्ना सन्तानका लागि पिताको योगदान र समर्पणको कथा बोलेको गायक ढुंगानाले बताए। आमाका बारेमा धेरै गीत, संगीत तथा साहित्य सिर्जना भए पनि त्यसको तुलनामा बुवाको बारेमा धेरै कम लेखिएको हुँदा एउटा पिताले सन्तानको लागि गरेको संघर्षको विषय आफ्नु रोजाईमा परेको र गीत संगीत मार्फत आम दर्शक तथा श्रोतको सामु ल्याएको उनको भनाई छ। गीत पूर्णरूपमा पिता प्रति समर्पित भएको हुँदा कुशे औंशीको (बुवाको मुख हेर्ने दिन) दिन सार्वजनी गरिएको गायक ढुंगानाले बताए।
गीतमा पिताको शक्ति, ज्ञान, मेहेनत, विश्वास र इच्छाको चर्चा गरिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७