बिरगंज – जिल्ला प्रशासन कार्यालय पर्साले बीरगंज छपकैया स्थित रहेको मालपोत कार्यालयमा बिहिवार राती करिव साढे आठ बजे राती छापामारी १५ जना कर्मचारी र बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
मालपोत कार्यालयमा अफिस समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरी रहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले बिहिवार राती साढे आठ बजेको समयमा छापामारी १५ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवको नेतृत्वमा र बीरगंजको बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेशराज पुरीसहित गएको टोलीले कार्यालयमा छापामारेको हो ।
टोलीले मालपोत कार्यालका पर्साका निमित्त कार्यालय प्रमुख सुमन कुमार झा सहित ६ जना कर्मचारी र ८ जना अन्य जग्गा बिचौलियासहित १५ जनालाई कार्यालयमै नियन्त्रणमा लिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
नियन्त्रणमा रहेका बाहिरी व्यक्तिमा धर्मेन्द्र साह , रमेश यादव , लेख मान कुमार यादव , ज्ञानेन्द्र प्रसाद यादव , बिरेन्द्र कुमार साह , राजेन्द्र प्रसाद चौधरी, बिजय बिक्रम शाह र रबि भुषण प्रसाद पटेल रहेका छन् ।
राती ८ बजे सम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टोलीले निमित्त कार्यालय प्रमुख सहित कर्मचारीसंग सनाखत गराएको छ। यस बिषयमा थप अनुसन्धान भई रहेको पौडेलले बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३