काठमाडौं । नेपाल प्रहरीले पर्सा जिल्लाको वीरगञ्जबाट साढे २३ किलोभन्दा बढी सुन र सवा दुई केजी चाँदी बरामद गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए अनुसार वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी स्थित गणेश अपार्टमेन्टमा छापा मारि सो परिणममा सुन तथा चाँदी बरामद गरेको हो ।
प्रहरीले २२ किलो ५७६ ग्राम सुनका विस्कुट र ६५० ग्राम सुनका गहना बरामद गरेको हो । त्यसैगरि प्रहरीले २ केजी २६२ ग्राम चाँदीका गहना समेत बरामद गरेको छ । पर्सा प्रहरीले बरामद सुन तथा चाँदी घटना बारे जानकारी दिन केहि बेरमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानरकारी दिने तयारी गरेको जनाएको छ ।
सुनाकोटी स्थितमा श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं फ्लैटमा सुन तथा चाँदीलुकाइ छिपाई राखिएको अबस्थामा उक्त सुन चाँदी बरामद गरेको हो । प्रहरीले सुराकीका आधारमा प्रउ गंगा पन्तको कमाण्डमा खटि गएको प्रहरी टोलीले उक्त सुनचादी बरामद गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३