काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस आरोपमा प्रहरी हबल्दार र उनकी पत्नीलाई पक्राउ गरेको छ ।
चार लाख रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हबल्दार शिवचन्द्र सहानी र उनकी पत्नी निर्मला केवट शुक्रबार पक्राउ परेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।प्रवक्ता अधिकारीका अनुसार हबल्दार दम्पत्तीलाई रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर-७ स्थित खनाल मिठाई पसलबाट रंगेहात नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि सेवाग्राहीलाई घरौटीमा छुटाईदिन सहयोग गरेबापत घुस लिएको आरोप छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३