काठमाडौं – गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई झापाबाट पक्राउ गरेको हो ।
अमृतले २४ वर्षीया महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्याएका थिए । श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् ।
अमृत उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३