काठमाडौँ – कौसी खेती तालिम र सिपको प्रयोग कत्तिको प्रभावकारी रहे ? सहरी कृषि र उत्पादनको बजार व्यवस्थापनका साथै कृषकहरुले सहजै लगानी र आर्थिक पहँुच पाउन स्थानीय तहको कस्तो नितिगत भूमिका हुनु पर्दछ ? साथै कृषिलाई ग्लायमरस बनाउन किन जरुरी भयो ? यिनै प्रमुख सवालहरुको जवाफ खोज्न मंगलबार अनलाईन कौसी खेती गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाले सन २०१३ देखि नै घरको छतमा खेती गर्ने प्रविधिको प्रवद्र्धन गर्न शुरु गरेता पनि प्रभावकारी हुन नसकेको समिक्षात्मक गोष्ठिमा जानकारी गराइएको छ । काठमाडौं महानगरपालिकाले कौसी खेती तालिम दिने र सामग्रीहरु अनुदानमा दिएर छतमा खेती गर्न प्रोत्साहन गरिएता पनि नियमित अनुगमन र प्राविधिक परामर्शको अभावमा प्रभाबकारी हुन नसकेको कृषि विभागकी अधिकृत सानु मैयाँ महर्जनको भनाइ थियो ।
‘‘स्थानीय तहले अनुदान मात्र दिएर पुग्दैन आवश्यक सिप, कृषि सम्बन्धी ज्ञान र गुणस्तरीय वीउ विजक लगायत मल र सामग्रीको बजार व्यवस्थापनका लागि उचित कार्यक्रम तथा निति ल्याउन ढिलो भएको पनि महर्जनको भनाइ रहेको छ ।
सन् २०११ को जनगणना अनुसार काठमाडौं उपत्यका भित्रका करिव ८ लाख घर संरचनाको एक आना क्षेत्रफलको छत खेती योग्य क्षेत्रफलको रुपमा उपलब्ध हुन सक्छ । शहरी कृषिको सम्भावना हुँदा हुँदै पनि उचित निति र व्यापक प्रवद्र्धन नहुँदा उत्पादन सिल शहरी कृषि क्षेत्रले मौका गुमाएको छ ।
हिमालयन कलेज अफ एग्रीकल्चर साइन्स एण्ड टेक्नोलोजिका सोधकर्ता आरति डिसी र समुहले काठमाडौं महानगरपालिका क्षेत्रमा कौसी खेतीमा संलग्न १०० जनाको सर्वेक्षण र ४२ जनाको घरमा स्थलगत अनुगमन अवलोकन गरी महानगरपालिकाको कौसी खेती तालिम पश्चात अभ्यास प्रभावकारीता बारे अध्ययन प्रतिवेदन तयार गरेको थियो । उक्त गोष्ठिमा शोधकर्ता डिसीले कौसी खेती सफल्तापूर्वक गर्ने घरको मासिक २ हजार देखि पच्चिस सय सम्म तरकारीमा बचत गरेको पार्ईएको जानकारी दिइन् ।
करिव ४६% सहभागीहरु विगत १ देखि ४ वर्ष अगाडि देखि यस खेतीमा संलग्न रहेको र करिव ५८% सहभागिहरु वीना कुनै तालिम यस कार्यक्रममा सहभागि भएको पाईयो भने प्रायः सहभागिहरुमा वीऊको शुद्धता र उम्रने क्षमता सम्बन्धी खासै ज्ञान नभएको र प्राय उपभोभोक्ताले वीऊ किन्दा त्यसको म्याद गुज्रने अन्तिम मिति नै नहेर्ने गरेको पाइयो । मुख्यतया लाहि किराको प्रकोप निकै हुने गरेको गुनासो पनि कौसी खेती गर्नेमा अत्याधिक पाईएको डिसीले गोष्ठीमा जानकारी दिइन् ।
डिजिटल मार्केट ग्रीन ग्रोथका समिता कपालीले कृषि क्षेत्रमा संलग्न भएका व्यक्तिहरुको उत्पादन गर्ने क्षमता भएता पनि बजार व्यवस्थापन गर्ने सिप नभएकाले आफ्नो उत्पादनको उचित मुल्य पाउन नसकेको बताइन् । गोष्ठीमा बोल्दै कपालीले स्वच्छ र ताजा खाद्य सामग्रीलाई बैकल्पिक बस्तुको रुपमा नभई मौलिक हककोरुपमा विकास गर्नु पर्ने कुरामा जोड दिइन् ।
कृषि क्षेत्रमा पैरवी गर्दै आएका एग्री नेपालका सुनिता न्हेमाफुकीले शहरी कृषि खेतीमा अनुदान दिनु भन्दा व्यवसायिक भवनहरुको कौसीमा कृषि गर्ने वातावरण उपलब्ध गराउनु आवश्यक रहेको बताइन् । ‘‘कृषि क्षेत्रमा लगानी गर्नका लागि उपयुक्त विउ र अन्य सामानहरु पाइने पसल सरकारले ठाउँ ठाउँमा व्यवस्था गर्नु पर्ने साथै कृषिमा संलग्न हुने व्यक्तिलाई शहरको कार्वन प्रिन्ट घटाउन सहयोग गरेकोले करमा छुट दिनुपर्ने न्हेमाफुकीले बताइन् ।
कृषि क्षेत्रलाई प्राथमिकता दिन आवश्यक रहेको सोचका साथ अगाडि बढेका हलो खवरका सम्पादक मनोज श्रेष्ठले कार्यक्रममा कोभिडको लकडाउनको समयमा कौसी क्वीन प्रतियोगिताको सुरुवात गरेको जानकारी दिए । उनले कृषि विज्ञान अध्ययन गरेका वैज्ञानिकहरु सवै विदेश जान खोज्ने र यहाँ खेति गर्नेहरु शिक्षित नभएका कारण यस क्षेत्रमा कुनै सम्मान नपाउने सोचलाई बदल्न कौसी क्वीन प्रतियोगिता आयोजना गरेको बताए । कृषि पेशालाई मर्यादित र दिगो बनाउन अत्यन्त ढिलो भएको गुनासो गर्दै कौसी क्वीन प्रतियोगिताले समाजमा कृषि गर्नु एउटा सम्मान जनक कार्य हो भन्ने सन्देश दिन सफल भएको र यसले एक प्रकारको कृषिलाई ग्लयामर बनाएको दावी गरे ।
कार्यक्रममा पूर्व वातावरण तथा विज्ञान, प्रविधि मन्त्री गणेश शाहले हाल जनतामा खाद्यान्न सुरक्षामा जनचेतनाको निक्कै कमी देखिएका कारण प्रत्येक व्यक्तिले आफ्नो लागि खेति आफैले गर्नुपर्ने चेतना जगाउन आवश्यक रहेको बताए । महानगरपालिकाले शहरी कृषि कार्यक्रमलाई स–सक्त गर्न नियमित निरीक्षण गर्नका लागि कृषि वैज्ञानिक नियुक्त गर्नु पर्ने पनि उनको भनाइ छ ।
काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य मनराजा रञ्जितले गोष्ठीमा प्रस्तुत प्रतिवेदनले महानगरको निती तथा कार्यक्रमलाइ परिमार्जन गर्न सघाउ पुर्याउने विश्वास राख्दै छलफल र अन्य प्रस्तुतीमा आएका सुझाव र प्रतिक्रियालाई समेटेर कृषि सम्वन्धि स–सक्त निति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३