काठमाडौँ – कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलब शनिबारदेखि लागू भएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु भएको थियो ।
प्रशासनिक विकास श्रम तथा समाजिक मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्यरुपमा न्यूनतम तलब सुविधालाई कार्यान्वयनमा ल्याउनुपर्नेछ ।
खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो । यो तलब कतारमा कार्यरत र नयाँ भिसा लिइ जाने सबैको हकमा लागू हुनेछ । कतारस्थित नेपाली दूतावासले सबै श्रमिकको कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्णरुपमा पाउने विश्वास गरेको जनाएको छ ।
यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बनेको छ । तोकिएको तलब नपाएका कामदारले उजुरी दिनका लागि कतारले संयन्त्र पनि बनाएको छ । कामदारहरूले सीधै प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयमा उजुरी दर्ता गराउन सक्नेछन् ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३