काठमाडौँ – काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेको छ । पौडेल पक्षका शीर्ष तहका नेताहरुको आइतबार भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धन सरकार निर्माणका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीका लागि पार्टीले यसअघि नै संसदीय दलका नेतासमेत रहेका देउवाका नाममा सर्वसम्मतिबाट निर्णय लिइसकेको छ । तर देउवाले आफ्नै नेतृत्वको सरकार बनाउन पहल नगरेपछि पौडेल सशंकित बनेका छन् । बोहोराटारस्थित पौडेल निवासमा भएको छलफलमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निरंकुश शासन सत्ताको अभ्यास गरिरहेकाले उनको डिजाइनमा पार्टी फस्न नहुने निष्कर्ष निकालिएको थियो । पौडेल पक्षले सोमबार हुने पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा अनिर्णयको बन्दीमा पार्टीलाई नराख्न दबाब दिने भएको छ । काँग्रेसले निर्णयले गरे जसपाको सिंगो पार्टीले साथ दिने बुझाइ पौडेल पक्षको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३