काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले संसदीय दलको नेता बन्ने आकांक्षा राखेपछि नेता चयन हुन सकेको छैन । तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जना पार्टीबीच एकीकरण भएर बनेको जसपाले एक वर्ष हुन लाग्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन । पार्टीभित्र सहमति हुन नसक्दा दलको नेता चयन हुन नसकेको हो ।
एकीकृत भए पनि सिंहदरबारमा तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी संसदीय दलका अलग–अलग कार्यालय छन् । यसै गरी एकीकरण अघिकै अवस्थामा अलग–अलग प्रमुख सचेतक छन् । तत्कालीन समाजवादी पार्टीका तर्फबाट संसदीय दलको नेता उपेन्द्र यादव र प्रमुख सचेतक उमाशंकर अरगरैया छन् । तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलको नेता महन्थ ठाकुर र प्रमुख सचेतक लक्ष्मणलाल कर्ण छन् । एउटै संसदीय दल बनाउन जसपाका शीर्ष नेता केही दिनदेखि गृहकार्यमा छन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३