काठमाडौं – सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप बुधवारदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अघिल्लो सोमवार नेपाल आइपुगेको कोरोनाविरूद्धको ‘भेरासेल’ नामक खोप बुधवारदेखि लगाउन शुरू गरिने जानकारी दिए ।
उनले चीनमा अध्ययन गरिरहेका विद्यार्थी, जो हाल नेपालमा छन्, अध्ययनको सिलसिलामा चीन जाने तयारीमा रहेका विद्यार्थी, चीनसँग व्यापार गरिरहेका व्यवसायीलगायतलाई उक्त खोप लगाउने जानकारी दिए । चीनले गरेको कडाइका कारण कोरोनापछि चीनबाट नेपाल फर्किएका विद्यार्थी हालसम्म अध्ययनका लागि फर्किन पाएका छैनन् ।
चीनले गत माघ तेस्रो साता ३ लाख र त्यसको १ महीनापछि थप ५ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानस्वरूप नेपाललाई दिने निर्णय गरेको थियो । तर, प्रक्रियागत ढिलाइका कारण गएको सोमवार मात्र उक्त खोप नेपाल आइपुगेको थियो ।
सरकारले गत माघ १४ गतेदेखि भारतीय अनुदानमा प्राप्त १० लाख डोज कोभिडशिल्ड खोपबाट कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको थियो । आर्थिक अभियान दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३