काठमाडौं – नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय भने समाज सेवा हो । बिरामीको उपचार सेवामा सहयोग जुटाउन कोरोनाले अवरोध गर्ने भय उनमा छ ।
विगत दस वर्षदेखि एचआईभीरएड्सबाट प्रभावितबीच काम गरिरहेकी राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो । महामारीका बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति बढी प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाको कार्यक्रम वा तयारी हुनुपर्ने उनी बताउँन्छिन्।
समाज सेवाको क्षेत्रमा क्रियाशील राईको चिन्तासँगै धेरैको जीवन जोडिएको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थालाई समाज, परिवारले नबुझ्दाको पीडा उनले पनि भोग्नुपरेको थियो । त्यही भोगाइलाई नै बाँच्ने उद्देश्य बनाएकी राई प्रभावितको जीवन लम्ब्याउने, यसप्रति सचेतना फैलाउने काम गर्ने अभियन्ता हुन् । राईले प्रभावित महिला, बालबालिकाको रोजगारी, शिक्षा, स्वास्थ्य, औषधि उपचार, पौष्टिक आहार जुटाउने प्रयास गर्दै आएकी छन् ।
विश्वलाई नै असर पारिरहेको यस महामारीका कारण अन्य व्यक्तिका साथै एचआईभीरएड्सबाट प्रभावित व्यक्ति विशेषगरी महिलाकै रोजगारी खोसिने अवस्थाले पौष्टिक आहारका साथै एन्टिरेक्टल भाइरल थेरापी (एआरटी)जस्ता जीवन उपयोगी औषधि एक दिन पनि नटुटाई खानुपर्ने व्यक्ति झन् बढी प्रभावित हुने राईको भनाई छ ।
एचआईभी÷एड्सको सङ्क्रमणलाई नबुझी समाजले तिरस्कार गर्ने कारणले धेरै महिला/पुरुष र प्रभावितबाट जन्मिएका सन्तानको समेत पहिचान लुकाएर राख्नुपर्ने अवस्थाको न्यूनीकरण गर्ने उद्देश्यले सन् २००६ मा राईले शक्ति मिलन समाजको स्थापना गरेर काम गर्दै आएकी छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३