काठमाडौं – भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताएको छ।
भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ चेतावनी दिएको छ।
डब्लूएचओकी कोरोना प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको बी.१.६१७ भेरियन्ट अत्यधिक संक्रामक रहेकोले यसले चिन्ताजनक अवस्थामा पुर्याउन सक्ने उल्लेख गरेकी छन्।
डब्लुएचले आधिकारिक रुपमा नै यो भेरियन्टलाई वैश्विक स्तरमा चिन्ता गर्ने भेरियन्ट भएको घोषणा गरेको समेत उनले बताएकी छन्।
यो भेरियन्ट पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर भारतमा पत्ता लागेको बताउँदै डब्लूएचओले यसको शुरुवाती रुप अक्टोबर २०२० मा पाइएको बताएको छ।
यस भेरियन्टबारे विस्तृत विवरण मंगलबार उपलब्ध हुने मारियाले बताएकी छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७