काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको स्वीकारेका छन् ।
माधव नेपाल पक्षका २८ जनामध्ये २६ जनाकोमात्र हस्ताक्षर पेश भएकोमा भट्टराई र जयकुमार राईको छैन ।
भट्टराईले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू इतिहासको कठोर मुल्यांकनमा खडा भएको बताएका छन् ।
भट्टराईले भनेका छन्- मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।
एमालेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टसहित सांसदहरु दिपकप्रकाश भट्ट, गणेश पहाडी लगायतले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भने पनि उनीहरुको आधिकारिक वक्तव्य आएको छैन ।
अन्तत: भट्टराईले खनाल-नेपाल गुट त्यागेर ओली गुट मै सामेल भएको संदेश दिएका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७