काठमाडौं – चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडौं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग करिब १० लाख खोपको सहयोगको घोषणा गरेका थिए। सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने बताइएको छ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गर्न आग्रह गरेकी थिइन्। बुधबार दुई देशका राष्ट्रपतिबीच भएको करिब ४० मिनेट कुराकानीमा उक्त आग्रह गरिएको नेपालको राष्ट्रपति कार्यालयले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७