काठमाडाैं – एशियाली बजारमा छोटो अवधिमै लोकप्रिय बनेको चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले हालै आफ्नो नयाँ फाइभजी स्मार्टफोन ‘वनप्लस नोर्ड २’ सार्वजनिक गरेको छ।
डिस्प्ले र पर्फमेन्स
वनप्लस नोर्ड २ मा १०८०x२४०० पिक्सेल रिजोलुशन रहेको ६.४३ इन्चको फुल एचडी प्लस फ्लुइड एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ। याे फोनको रिफ्रेश रेट ९० हर्ज (90Hz) रहेकाे छ भने यसमा २०ः९ आस्पेक्ट रेसियो रहेको छ।
स्पीड तथा मल्टीटास्किङकाे लागि याे स्मार्टफाेनमा अक्टा कोर मिडियाटेक डाइमेन्सिटी १२००-एआई (MediaTek Dimensity 1200) चिपसेट दिइएको छ। एन्ड्रोइड ११ र अक्सीजनआेस ११.३ (OxygenOS 11.3 ) अपरेटिङ सिस्टममा आधारित याे स्मार्टफाेनमा फाइभजी कनेक्टिभिटि रहेकाे छ।
क्यामरा
फोटोग्राफी तथा भिडियाेग्राफीका लागि वनप्लस नोर्ड २ मा ट्रिपल रियर क्यामेरा सेटअप रहेकाे छ। जसमध्ये ५० मेगापिक्सेलको सोनी आईएमएस प्राइमरी क्यामरा, ८ मेगापिक्सेल र २ मेगापिक्सेलको थप क्यामरा रहेकाे छ। सेल्फीकाे लागि यसकाे फ्रन्टमा ३२ मेगापिक्सेलको क्यामरा रहेको छ। यसमा रियर अटाेफाेकस र रियर फ्ल्यास फिचर्स रहेकाे छ।
सेन्सर
याे स्मार्टफाेनमा इन- डिस्प्ले फिंगरप्रिन्ट र फेस अनलक सेन्सर दिइएकाे छ, जसले फोनको सेक्यूरीटि सिस्टमलाई अझ बढी बलियो बनाएको छ। याे बाहेक यसमा एबीएन्ट लाइट सेन्सर (ambient light sensor) एक्सेलेरोमीटर (accelerometer), जाइरोस्कोप (gyroscope), प्राेक्सीमिटि (proximity sensor) सेन्सर जस्ता फिचरहरू समावेश गरिएकाे छ।
ब्याट्री
याे स्मार्टफाेनमा ६५ वाटको फास्ट चार्जिङ सिस्टमका साथ ४५०० एमएएच (4.500mAh) काे ब्याट्री राखिएको छ । ६५ वाटको फास्ट चार्जिङ क्षमता भएकै कारण यी स्मार्टफोनले ग्राहकलाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्नेछ।
स्टोरेज
कम्पनीले वनप्लस नोर्ड २, ८ जीबी र्याम+१२८जीबी स्टोरेज र १२ जीबी र्याम+२५६जीबी स्टोरेज गरि दुइ भेरिएन्टमा लन्च गरेकाे छ। याे फाेनकाे स्टोरेज माइक्राे एसडी कार्ड (microSD card) काे माध्यमबाट बढान सकिने छ।
मूल्य
वनप्लस नोर्ड २ को ८ जीबी र्याम+१२८जीबी स्टोरेज भेरिएन्टकाे मूल्य ५९ हजार ९९९ रुपैयाँ र अर्काे १२ जीबी र्याम+१५६ जीबी स्टोरेज भेरिएन्टकाे मूल्य६९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएकाे छ। कम्पनीकाे अनुसार यो फोन मंगलबारदेखि नेपालभरका आधिकारिक रिटेल स्टाेरहरू तथा दराजबाट समेत खरिद गर्न सकिने छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३