आज काठमाडौंको नेपाल पर्यटन बाेर्डमा आयोजित एक कार्यक्रममा ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरबाट स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक भएको छ । कार्यक्रमका मुख्य अतिथिको आसनबाट बोल्दै शताब्दी पुरुष जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठुलो योगदान रहेपनि राज्यबाट अपेक्षाकृत रुपमा केही हुन नसकेको गुनासो गर्नुभयो ।
उक्त कार्यक्रममा एल्बमको विमोचन शताब्दी पुरुष जोशीको साथमा नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ, वौद्ध विद्वान फणिन्द्र रत्न बज्राचार्य, चर्या गुरु यज्ञमान पति बज्राचार्यले संयुक्त रुपमा मानन्धरबाट गाइएको दाफा गीतको भच्र्युंअल गर्नुभयो ।
कार्यक्रममा मानन्धरका जम्मा ७ वटा गीतहरु सार्वजनिक गरिएको थियो । गीतहरुमा संगीतकार हरिशरण साय्मिले संगीत संयोजन गरेका छन् । सार्वजनिक गरिएका गीतहरु गायक मानन्धरकै युट्युब च्यानलमार्फत सार्वजनि गरिएको छ । सोही कार्यक्रममा मानन्धरको गीत ‘श्याम सुन्दर’ म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो । साथै कार्यक्रममा शताब्दी पुरुष जोशी, जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा दाफा गुरुहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
मन्तव्यको क्रममा जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा प्राध्यापक डाक्टर सिलु मानन्धर बज्राचार्य र प्राध्यापक डाक्टर पुष्कर बज्राचार्यले नेवार समाजमा परम्परागत दाफा गीतको महत्व र यसको संरक्षणमा गायक मानन्धरको योगदानको बारेमा चर्चा गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७