साहित्यकार सुरेन्द्र महर्जन अमरको ‘प्रभु’ भजन सार्वजनिक
प्रकाशित मिति: २०७८ आश्विन १७, आईतबार (३ साल अघि)
६४१ पटक पढिएको
काठमाडौँ – गायक सुर्य राई दनुवारको स्वरमा रहेको भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा ‘दिन बित्यो प्रभु वर्ष बित्यो’ भजनको म्युजिक भिडियो सार्वजनिक भएको हो । भजनको संगीत सुर्य राई दनुवारको रहेको छ । उक्त भिडियोमा कलाकारहरू प्रमोद चौधरी, बिरेन्द्र साह, मुकेश कुमार साह, राकेश यादव, बिनिता माझी, सन्ध्या माझी, सुनिता माझी आदिको अभिनय रहेको छ । म्युजिक भिडियोको सम्पादन कक्ष बि स्क्वायर मिडियाको तर्फबाट बिश्वास भण्डारीबाट गरिएको हो भने भिडियोको निर्देशन रोशन राणा मगरद्वारा गरिएको हो । छाँयाकन बिशाल राज राईको रहेको छ ।
गीतको संगीत संयोजन संजय हमालले गरेका हुन् भने भने मिक्स/मास्टरिङ बिसन मानन्धरबाट गरिएको थियो । पर्यटकिय क्षेत्र नुनथर, रौतहटको धार्मिक एवं पर्यटकीय क्षेत्रमा सुटिङ गरिएको थियो । ई दनुवार कलाकार तथा सांस्कृतिक समाजको प्रस्तुतिमा भजन सार्वजनिक भएको हो ।