नेपालभाषा कला क्षेत्रको महामेलाको रुपमा लिइने पेजथ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्डको चौथो संस्करण आउँदो पुष २४ गते हुने भएको छ ।
आयोजक संस्था पेजथ्री पाक्षिकले आज काठमाडौंको बेन्टो लाउन्ज एण्ड बारमा पत्रकार सम्मेलन गर्दै अवार्डको चौथो संस्करण घोषणा गर्दै कार्यक्रमका विभिन्न चरणबारे पनि जानकारी दर्शन बिर शाक्यले हरप्रहर लाई बताए ।
अवार्डको प्रतिस्पर्धाका लागि भित्रिएका गीत, म्यूजिक भिडियो र चलचित्रहरुमध्येमा उत्कृष्ट छनौट गरी पुष १० गते नोमिनेसन घोषणा गरिने भएको छ । अवार्डको यस संस्करणय् तीनवटै क्षेत्रबाट गरी जम्मा ३७ विधामा पिपल्स च्वाइस अवार्ड वितरण गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा पिपुल्स च्वाइस अवार्डको संयोजक दर्शनबीर शाक्यले आउँदो कार्तिक १४ गतेसम्ममा नेपालभाषाको संगीत, म्यूजिक भिडियो र चलचित्रहरु अवार्डको लागि दर्ता गर्न सकिने बताए ।
यस संस्कारणमा संगीततर्फ भजन संगीत र समूह गायन विधान पनि थप हुने भएको छ भने ज्यूरी अवार्ड पनि दिइने भएको छ । नोमिनेसनबाट पब्लिक च्वाइसमा परेका विजेताहरुलाई पुष २४ गतेका दिन अवार्ड वितरण गर्दै पेज थ्री अवार्डको चौथो संस्करण सम्पन्न हुनेछ ।
विधाहरु
१. उत्कृष्ट पुरुष कलाकार मूल भुमिकामा
२. उत्कृष्ट महिला कलाकार मूल भुमिकामा
३. उत्कृष्ट पुरुष कलाकार सहायक भुमिकामा
४. उत्कृष्ट महिला कलाकार सहायक भुमिकामा
५. उत्कृष्ट कलाकार हास्य भुमिकामा
६. उत्कृष्ट कलाकार खल भुमिकामा
७. उत्कृष्ट स्क्रीनप्ले
८. उत्कृष्ट संवाद
९. उत्कृष्ट क्यामरापर्सन
१०. उत्कृष्ट सम्पादन
११. उत्कृष्ट कोरियोग्राफर
१२. उत्कृष्ट ओरिजिनल साउण्ड ट्राय्क
१३. उत्कृष्ट फिल्म
१४. उत्कृष्ट निर्देशक
१५. उत्कृष्ट पुरुष मोडल कलाकार
१६. उत्कृष्ट महिला मोडल कलाकार
१७. उत्कृष्ट म्युजिक भिडियो
१८. उत्कृष्ट क्यामरापर्सन म्युजिक भिडियो
१९. उत्कृष्ट कोरियोग्राफर म्युजिक भिडियो
२०. उत्कृष्ट निर्देशक म्युजिक भिडियो
२१. उत्कृष्ट सम्पादन म्युजिक भिडियो
२२. उत्कृष्ट मेकअप
२३. उत्कृष्ट डे«स
२४. उत्कृष्ट गायन पुरुष
२५. उत्कृष्ट गायन महिला
२६. उत्कृष्ट संगीत
२७. उत्कृष्ट शब्द
२८. उत्कृष्ट संगीत संयोजक
२९. उत्कृष्ट एल्बम
३०. उत्कृष्ट गायन पुरुष (आधुनिक)
३१. उत्कृष्ट गायन महिला (आधुनिक)
३२. उत्कृष्ट संगीत आधुनिक
३३. उत्कृष्ट शब्द आधुनिक
३४. उत्कृष्ट संगीत संयोजक आधुनिक
३५. उत्कृष्ट युगल गीत (आवाज)
३६. उत्कृष्ट नव प्रतिभा पुरुष
३७. उत्कृष्ट नव प्रतिभा महिल
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३