नेपाल भाषाकी लोकप्रिय कलाकार नगिना जोशी र अकलमान महर्जको नयाँ गीत ‘न्ह्योखा हाल..’को म्युजिक भिडियो एफ-१० पार्टी प्यालेसमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ । रामकृष्ण खड्गीको निर्देशनमा तयार भएको उक्त भिडियो कार्यक्रमका प्रमुख अथिति जनकवि दुर्गालाल श्रेष्ठको हातबाट लोकार्पण गरिएको थियो ।
उक्त गीतमा शब्द जनकवि दुर्गालाल श्रेष्ठको थियो भने यो स्थानीय लोक आधारितमा तयार गरिएको थियो। संगीत सम्योजन भने जीवित जल्मी गरेको हुन्। यस म्युजिक भिडियोमा नगिना जोशी र अकलमान महर्जनका साथै बिजयमान सिंह,सरिता बज्राचार्य र बल कलाकारको भूमिकामा पालिजा मानन्धर खडगी लगायतले आफनो अभिनय कला प्रस्तुत गरेका छन्।
नेवाः नेता पबित्र बज्राचार्यको सभापतिमा भएको उक्त कार्यक्रममा प्रमुख अथिति जनकवि दुर्गालाल श्रेष्ठले पानसमा दिप प्रज्वोलन गरि कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा लोकप्रिय गायक जुजुकाजि रन्जित , पत्रकार विजयरत्न असंबरे, संगीतकार न्ह्यू बज्राचार्य र न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष निरन्जन रत्न शाक्य लगायत विशेष अथितिको रुपमा सहभागिता रहेको थियो।
[yotuwp type=”videos” id=”j5eSoJgA1y0″ ]
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७