खोला सरि सललल गए बगेर तिमी
न तान्नै सकें न रोक्नै सकें मैले पनि
हेंरी बसें म किनार सरि अच्चम्म परी
टोलाइ पर्खिरहें सायद कतै फर्किन्छ की भनी
हवा सरि उडि गए सरर तिमी
बादल को तहतहमा हेरि बसें पागल सरी खोजी
सायद छाँयामा भए पनि देखिन्छकि आकृती तिम्रो आश गरि
कतै साकार मूर्ती बनी आउँ छकि भनी
सुर्य सरि सुटुक्क लुकिगए तिमी
क्षितिज को काखमा लुटपुट गरी
म संन्ध्या झै आशमा रहें कुरी
सिन्दुरे आँचल फैलाई अंगालोमा बाधुँ भनी
अनायास फूल झरे झैं झरिगए तिमी
काँडा सरी हेरि बसें म टोलाई बिबस बनी
आफ्नो सुन्दरता झरेको आंशु झारी बरबरी
बसिरहें मन मनैं पापी ऋतु लाई कोशी कोशी
आउँछ मनको सागरमा तिमी याद बनी
छाल सरि हर पल पल ओर्लि ओर्ली
छतपतिंदै बसिरहे छाललाई नियाली नियाली
बिना तिमी हृदय संधै प्यासी बगर सरी
नयनको ऐना भित्र जताततै तिमीनै तिमी
तस्विर सरि बसेको छ टासी जहाँ पनि
स्पर्श गर्न खोज्छुँ यताउती छामी छामी
हराई दिन्छ तर निन्द्रा खोले पछि सपना सरी
हृदय रहन्छ हरपल तिम्रै यादमा जलि-जलि
अनि आसुले छछल्कि नयनको गाग्री संधै भरी
खोजि रहन्छ नजरले तिमीलाई क्षितिज वरिपरि
एक झलक कतै तिम्रो दर्शन पाउँछकी भनी
– अन्जना ताम्राकार
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७