काठमाडौँ – गायक दीपक बज्राचार्यकी आमा स्व. मिश्री बज्राचार्यमा समपर्ण गरी तयार पारिएको नेपाल भाषको ‘मां’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आमा स्वर्गिय भएको ४५ औँ दिनमा गायक बज्राचार्यद्वारा लेखन, संगीत र रेकर्ड सम्पन्न भएको यस गीतको म्युजिक भिडियो ४५ दिनको पूण्य तिथीका दिन पारेर सार्वजनिक गरिएको हो । यस गीतको संगीत संयोजन र शब्द लेखन दीपक बज्राचार्यको नै रहेको छ । नेपाल भाषामा रहेको गीतको शब्द भने जोग रत्न बज्राचार्यले लेखेका हुन्।
आमाको गुण चित्रण गरी संसारमा जो कोहीलाई सबै भन्दा धेरै माया गर्ने देवी समानकी आमाको वियोग कस्तो दुखदायी हुन्छ भन्ने भावना यस गीतमा समेटिएको छ । यस गीतका गायक, संगीतकार तथा रचनाकार दीपक बज्राचार्यले यस अघि पनि नेपाली संगीत क्षेत्रलाई लोकप्रिय गीतहरु दिइसकेका । आमाको सम्झनाको यस गीतलाई नेपाल भाषा र नेपाली भाषा दुवैमा सार्वजनिक गरिएको हो।
उक्त भिडियो गायक दीपक बज्राचार्यको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।