विश्वकै धनी व्यक्ति इलोन मस्क फेरि एकपटक विवादमा परेका छन् । यसपटक विवादको कारण उनको ट्वीट होइन स्टारलिंक स्याटेलाइट हो । इलोन मस्कका दुई स्टारलिंक उपग्रह चिनियाँ अन्तरिक्ष स्टेशनसँग ठोक्किने गरेको बताइएको छ । जसका कारण चीनले पनि मस्क प्रति असन्तुष्टि व्यक्त गरेको छ ।
चीनले यसै महिना संयुक्त राष्ट्रको अन्तरिक्ष एजेन्सीलाई कागजात बुझाएको छ । स्टारलिंकको उपग्रहहरू यस वर्ष दुई पटक चीनको अन्तरिक्ष स्टेशन तियाङगोङमा प्रहार गर्न लागेका थिए । यसभन्दा पहिला पहिलो घटना जुलाई पनि चीनको स्टेसनमा ठोकिएको थियो । दोस्रो पटक अक्टोबरमा ठोक्किएका थियो । यो टक्करबाट इलोनको स्टारलिंकको उपग्रहसँग बच्न चीनको स्पेस स्टेसनले दुवै पटक विशेष उद्धार गर्न परेको थियो ।
स्टारलिंक एलोन मस्कको महत्वाकांक्षी परियोजना हो । मस्कले हजारौं सुटकेस आकारका उपग्रहहरू प्रक्षेपण गर्ने र तिनीहरूको सहयोगमा विश्वभर इन्टरनेट सेवा उपलब्ध गराउने योजना बनाएका छन । हालसम्म स्टारलिङ्कका १७ सयभन्दा बढी उपग्रह कक्षामा पठाइसकेका छन् ।
हालसम्म स्टारलिङ्कका १७ सयभन्दा बढी उपग्रह कक्षामा पठाइसकेका छन् । स्टारलिंक परियोजनाको बारेमा आलोचनाको सामना गरेपछि खगोलविद्हरूलाई लक्षित गर्ने एलोन मस्क पहिलो व्यक्ति थिए। खगोलविद्हरूले स्टारलिंकका उपग्रहहरू रातको आकाशमा चम्किन्छन् भन्ने आरोप लगाउँछन् ।
क्तबचष्लिप ले भर्खरै भारतमा सेवा सुरु गरेको घोषणा गरेको छ। यसमा पनि मस्कको कम्पनीले विवादको सामना गर्नुपरेको थियो । कम्पनीले सरकारको स्वीकृति नलिई अग्रिम बुकिङ सुरु गरेको थियो । उनको गुनासो आएपछि सरकारले एलोन मस्कको कम्पनीलाई तत्काल बुकिङ बन्द गर्न भनेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३