काठमाडौँ – पोखराका कलाकारहरुको समुहले टेली श्रृंखला ‘गुपचुप’को शुभारम्भ गरेका छन् ।
मनोज बिक ‘भावुक’ को निर्देशनमा सुरुवात गरिएको टेली श्रृंखला ‘गुपचुप’ बासना क्रियशनले प्रस्तुत गरेको हो ।
समसामयिक घटना क्रम र मनोरन्जनको संगमको रुपमा ‘गुपचुप’ले प्रस्तुतीको निरन्तर्ता दिने निर्देशक ‘भावुक’ ले जानकारी दिए ।
लेखन,निर्देशन, छायांकन तथा सम्पादन मनोज बिक ‘भावुक’ को रहेको ‘गुपचुप’मा सह-निर्देशन भरत अधिकारीले गरेका छन्। शब्द, संगीत तथा स्वर भने युबराज गौतमको रहेको छ।
‘गुपचुप’मा मनोज बिक ‘भावुक’, कृष्ण पौडेल ‘पक्कु’, शान्ती थापा पुन, भरत अधिकारी, ठाकुर प्रसाद बराल, सिरा आले,एल जी रेसम सुनार, सन्दिल कार्की, दिना भुजेल, बिज्ञान राज पन्त, रेखा भट्टराई, सुनिल मौरती, सानु प्रधान लगायतको अभिनय रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७