Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ माघ १७, मंगलबार

    ट्रेन्डीङ्ग

  • यति एयरलाइन्स दुर्घटना
  • राहदानी
  • प्रधानमन्त्री प्रचण्ड
  • एमडिएमएस
  • कोरोना महामारी
  • ओली-प्रचण्ड
  • गोकर्ण बिष्ट
  • रामचन्द्र पौडेल
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय

१ दिन अघि
२

शेयर बजारमा उच्च अंकको गिरावट

१ दिन अघि
३

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा

१ दिन अघि
४

खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान

१ दिन अघि
५

शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

१ दिन अघि
६

यस्तो छ आज सुनको मूल्य

२ दिन अघि
७

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
८

ब्यथा असह्य – कबिता

२ दिन अघि
९

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

३ दिन अघि
१०

रवि लामिछानेको सांसद पद बदर

४ दिन अघि
११

मेयर बालेनले भेटे गृहमन्त्री लामिछानेलाई, मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

५ दिन अघि
१२

प्रेमप्रसादकै जस्तो कारण देखाउँदै विराटनगरमा व्यवसायीद्वारा आत्महत्या

५ दिन अघि

धेरै पढिएका

१

बानेश्वरमा आत्मदाहको प्रयास गरेका आचार्यको निधन

६ दिन अघि
२

स्थापित युवा समूहको उदाय् फुटसल कप २०२३ सम्पन्न

६ दिन अघि
३

मूर्त र अमूर्त परम्परा संरक्षणमा इन्द्र महर्जन

१ हफ्ता अघि
४

असन ईण्भेष्टमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
५

पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको छापा, तस्करीको सामान भेटिएपछि सिल

२ हफ्ता अघि
६

संसारकै ठुलो दाबी गरिएको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

४ हफ्ता अघि
७

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
८

सञ्चारकर्मी विगेन तुलाधर सम्मानित, योमरी प्रतियोगितामा प्रेमहिरा प्रथम

३ हफ्ता अघि
९

विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य

३ हफ्ता अघि
१०

इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठायो

१ महिना अघि
११

बाटोमै टुट्यो अमेरिकाको सपना, पानामा पुगेर ज्यान गुमाउनु पर्यो !

३ हफ्ता अघि
१२

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन अनुरुप पेट्रोलियम पदार्थको मूल्य घट्यो

३ हफ्ता अघि

निर्मम कुटिइदासमेत सहानुभूति नपाउने अवस्थामा पुगिसके युट्युबर, अब त सुध्रिने की ?

सौगात आशक प्रकाशित मिति: २०७८ माघ १९, बुधबार (१२ महिना अघि)

  • १८५४ पटक पढिएको
  • मंगलबार समाजिक सञ्जालमा एकाएक एक भिडियो भाइरल भयो – युट्युबरलाई मेनपावर सञ्चालक र दलालहरुले कुटेको भिडियो ।

    काठमाडौँको सामाखुसीमा अवस्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र मेनपावर समर्थक युवाहरु मिलेर निर्मम कुटपिट गरे । मेनपावरबाट पीडित भएकाहरुको साथमा युट्युबरहरु सामाखुसी स्थित मेनपावर पुगेका थिए । स्पष्ट रहस्य भने खुलिसकेको छैन, तर पीडितहरुको साथ लागेर युट्युबरहरु मेनपावर पुगेको स्पष्ट छ । जब पीडितको साथ दिन पुगेका युट्युबर कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो, युट्युबर प्रति सहानुभूती दर्शाउने बिरलै देख्न पाइए । धेरै त यस घटनाले युट्युबरलाई ठूलो पाठ सिकाएको भन्दै खुसी व्यक्त गरिरहेका थिए ।

    पछिल्लो समय प्रविधिले मारेको फड्कोले अनलाईन माध्यम हरेक क्षेत्रमा प्रभावकारी बनिरहेको छ । सूचना तथा सञ्चार क्षेत्रमा त झन् यसले आमूल परिवर्तन ल्याएको छ । यसै प्रविधिको फड्कोसँगै नेपालमा पनि अनलाइन मिडियाको संख्या उसै गरी बढिरहेको छ । मिडियाको संख्या बढ्नु निकै सुखद पक्ष रहे पनि यससँगै बिकृति पनि उसै गरी बढिरहयो । युट्युबमार्फत पत्रकारिताको स्वरुप जस्तै देखिने तर अलपत्रकारिता गर्ने एक झुण्ड सक्रिय रहिरहयो, जसले आम बुझाइमा पत्रकारिता नै यस्तै रहेको भन्ने बुझाई केही हदसम्म स्थापित गराइदियो ।

    युट्युब प्लेटफर्म समातेर पत्रकारिता गर्ने सम्पूर्ण पत्रकारलाई नै यो एक झुण्डले बदनाम गराइराख्यो । पत्रकारिताको न्युनतम मूल्य मान्यता र न्युनतम योग्यतासमेत नभएकाहरु आम जनताका माझ पत्रकार कहलिए । श्रीमान–श्रीमतीको गोप्य कुरा, पीडितलाई झन् पीडा दिने सामग्रीसमेत युट्युबमा भेटिन थाले । यसले बिस्तारै युट्युब प्लेटर्फममार्फत पत्रकारिता गरिरहेका सम्पूर्णलाई ‘युट्युबे’ को ट्याग भिर्याइदियो ।

    त्यसैले त पीडित कै पक्षमा आवाज उठाउन गइदिएका युट्युबर माथि निर्घात कुटपिट भयो, सहानुभूतिको साटो ‘खुचिङ्ग’ आयो । अति सोझा व्यक्तिलाई पनि थाह छ कि मेनपावरले यस्तै अवस्थाका लागि पेशेवर गुण्डा पालेका हुन्छन् । यसै घटनाले पनि सो कुरा पुष्टि गरेको छ । अधिकांश मेनपावरवालाहरुको कतुर्त बारे सबै नेपाली जानकार नै छौँ तर पनि जनता खनिए युट्युबर माथि ।

    पत्रकारिता गर्न न्युनतम पत्रकारिताको मूल्य मान्यता त पालना गरौँ, शैली र प्रस्तुतीको अध्ययन त गरौँ, गोपनीयताको सम्मान त गरौँ । अब पनि सुधार आएन भने संभवत गाउ गाउबाट जनताले युट्युबमार्फत अलपत्रकारिता गर्नेहरुलाई यसै गरी खेदाउने छन् , दलाल भ्रष्ट अनि गुण्डाले टुँडिखेलमै अलपत्रकारिता गर्नेहरुलाई यसै गरी कुट्ने छन् अनि जनताले गड्गडाहत ताली पिट्ने छन् । अलपत्रकारिता गर्नेहरुको घानमा पत्रकारिता गर्नेहरु पनि मुछिने छन् जसले देशलाई ठूलो घाटा हुनेछ । नारायणहीटि हुरी बतासले कब्जा गर्छन् , ओम्नीले त्यसै गरी घोटाला गरिरहन्छ, वाइड बडीमा करोडौँ अनियमितता हुदा जनता बेखबर रहिरहने छन् ।

    युट्युबमार्फत सिर्जित यो अवस्था निकै जटिल अवस्थामा पुगिसकेको छ । पत्रकारिता बारेको बुझाई आम मानिसमा निकै नकारात्मक रुपमा छाप बसिसकेको छ । अब पनि सुध्रिएनौ भने निकै ढिलो भइसक्ने छ ।

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • गृह जिल्लामा कमजोर धरातलमा उभिएका वरिष्ठ नेता पौडेलको कसरी पुरा होला प्रधानमन्त्री बन्ने सपना ?
    हरप्रहर

    गृह जिल्लामा कमजोर धरातलमा उभिएका वरिष्ठ नेता पौडेलको कसरी पुरा होला प्रधानमन्त्री बन्ने सपना ?

  • खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता
    हरप्रहर

    खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता

  • बहसः माधव नेपालको रक्सी–बियर नखाऊ भन्ने अभिव्यक्तिले उब्जाएका प्रश्न
    हरप्रहर

    बहसः माधव नेपालको रक्सी–बियर नखाऊ भन्ने अभिव्यक्तिले उब्जाएका प्रश्न

  • बलात्कारीलाई मृत्युदण्ड दिने कि सुधार गर्ने ?
    हरप्रहर

    बलात्कारीलाई मृत्युदण्ड दिने कि सुधार गर्ने ?

  • ताजा खबर
  • १

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय
    १ दिन अघि

  • २

    शेयर बजारमा उच्च अंकको गिरावट
    १ दिन अघि

  • ३

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा
    १ दिन अघि

  • ४

    खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान
    १ दिन अघि

  • ५

    शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution