पोखरा – बासना क्रियशनले प्रस्तुत गरिरहेको हास्य टेलिश्रृंखला ‘गुपचुप’को नवौँ भाग देखि निर्देशक मनोज बिक ‘भावुक’ को पनि अभिनय देख्न पाइने भएको छ ।
पोखराका स्थानिय कलाकारहरुको अभिनय रहेको ‘गुपचुप’ को ‘भावुक’ परिकल्पनाकार पनि हुन् । ‘भावुक’ संगीत र कला क्षेत्रका अग्रजका रुपमा पनि परिचित छन् ।
‘गुपचुप’ को नवौँ भाग बासना क्रियशनको युट्युब च्यानलमा प्रसारित भइसकेको छ । नवौँ भागसम्म आइ पुग्दा कलाकारको रुपमा निर्देशक ‘भावुक’ सहित केहि चर्चित कलाकारहरुको पनि आवगमन भइसकेको छ ।
आगामी भागहरु देखि ‘गुपचुप’ को कथामा केही नयाँ मोडहरु आउने निर्देशक ‘भावुक’ ले जानकारी दिए । दर्शकहरुको मायालाई शिरोधार्य गर्दै दर्शक कै सल्लाह सुझावका आधारमा कलाकार तथा कथामा नौलोपन पस्किने प्रयासमा आफूहरु रहेको पनि निर्देशक ‘भावुक’ ले बताए ।
लेखन, निर्देशन, छायांकन तथा सम्पादन मनोज बिक ‘भावुक’ को रहेको ‘गुपचुप’मा सह-निर्देशन भरत अधिकारीले गरेका छन्। शब्द, संगीत तथा स्वर भने युबराज गौतमको रहेको छ।
‘गुपचुप’मा मनोज बिक ‘भावुक’, मिङ्ग मिङ्ग, कृष्ण पौडेल ‘पक्कु’, शान्ती थापा पुन, भरत अधिकारी, ठाकुर प्रसाद बराल, सिरा आले,एल जी रेसम सुनार, सन्दिल कार्की, बिज्ञान राज पन्त, सुनिल मौरती, सानु प्रधान, माया गिरी, अश्मी तुलाधर, सपना सुनार लगायतको अभिनय रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७