काठमाडौं महानगरपालिका भित्रका वडाहरुमा नेपाली काँग्रेसले एक पछि अर्को विजय प्राप्त गर्दै गएको छ । कामपा वडा नम्बर २७ मा पनि नेपाली काँग्रेसको प्यानलले नै जित हासिल गरेको छ ।
कामपा वडा २७ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार कुमार खड्गी विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका चिनियाँ मान बज्राचार्यलाई ३०९ मतले पछाडी पार्दै खड्गी निर्वाचित भएका हुन् । वडाध्यक्ष पदमा निर्वाचित खड्गीले १ हजार ५८५ मत प्राप्त गर्दा बज्राचार्यले १ हजार २७६ मत पाएका थिए ।
यसै गरि वडा सदस्यमा दिनेश श्रेष्ठ ,धर्म प्रजापति र महिला सदस्यमा सृष्टि कंसाकार (तुलाधर) विजयी भएका छन् ।
वडाध्यक्षमा निर्वाचित खड्गी हरप्रहरसंग कुराकानी गर्दै वडाको विकासको लागि आफुसँग छोटो समयमा सम्पन्न गर्ने देखि दीर्घकालीन रुपमा महत्व राख्ने विभिन्न योजनाहरुलाई प्राथमिकतामा राख्ने बताउदै समस्त वडाबासीलाई आफनो अमुल्य मत दिएकोमा धन्यबाद दिए । आफ्नो कार्यकालमा २७ वडाको संस्कृति, सम्पदा, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको सर्वाङ्गिण विकास हुने खड्गीले दाबीसमेत गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७