Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २८, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

सामाजिक सुरक्षा भत्ता घरमै

हरप्रहर डेस्क स्याङ्जा प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (२ साल अघि)

  • ४७४ पटक पढिएको
  • स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो ।​नगरकार्यपालिकाको यही यही असार १६ को पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकालाई भत्ता उपलब्ध गराइएको उनले जानकारी दिए ।

    “ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई गाउँ–गाउँबाट बजारमा रहेको बैंकसम्म आउन निकै समस्या भएकाले घर–घरमै लगेर भत्ता उपलब्ध गराएका हौँ”, उनले भने, “यो अभियानमा नगरप्रमुख, उपप्रमुख तथा सम्बन्धित वडाका निर्वाचित वडाध्यक्ष तथा सदस्यको उपस्थितिमा वितरण भएको हो ।”

    ग्रामीण भेगबाट बैंकसम्म पुग्नुपर्ने, बैंकमा पुगेर लाइन बस्नुपर्ने समस्या हट्नुका साथै गाडी भाडासमेत बचत भएको उनले बताए । सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा पुग्दा यहाँका नागरिक एकातर्फ खुसी छन् भने अर्कातर्फ उनीहरुको कुरा, गुनासो, सुझाव प्रत्यक्ष सुन्न र कार्यान्वयनमा लैजानका लागि हामी जनप्रतिनिधिलाई पनि सहज हुने उनको भनाइ थियो ।

    गाउँ–गाउँमा रहनुभएका ज्येष्ठ नागरिक बैंकसम्म पुग्न समस्या हुने तथा बैंकमा पुगेर घण्टौँसम्म लाइन लाग्नुपर्दा सास्ती हुने भएकाले वडामार्फत सहजीकरणका लागि व्यवस्थापन मिलाइएको वडा नं ७ का अध्यक्ष ताराप्रसाद अर्यालले बताए । “सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वडाका सबैको दस्तखतसहितको चेक सङ्कलन ग¥यौँ”, उनले भने “वडाका भत्ता प्राप्त गर्नेको नामावलीसहित वडाको सिफारिस, नगरपालिकाले बैंकलाई गरिदिएको सिफारिसका आधारमा बैंकबाट रकम बुझेर घर–घरमै लगेर वितरण गरेका हौँ ।”

    घरमै सामाजिक सुरक्षा भत्ता पाएपछि बजारमा रहेको बैंकसम्म जानुपर्ने बाध्यता हटेको भिरकोट–७ का ज्येष्ठ नागरिक गङ्गाराम अर्यालले बताए । “८४ वर्षको भएँ, भत्ता बुझ्न बयरघारी बजारमा रहेको बैंकमा जानुपथ्र्यो, बूढो मान्छे भनेको बेलामा गाडी पाइँदैन”, उनले भने, “जान आउनै गाडी भाडा रु एक हजारदेखि एकहजार पाँच सय लाग्थ्यो, एक पाइलै नहिँडीकन घरमै पाएपछि उक्त रकम पनि बचत भयो ।”

    आफूहरुले भोट हालेर जिताएका जनप्रतिनिधिले यसरी घर–घरमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गरिदिँदा निकै चित्त बुझेको अनुभव ज्येष्ठ नागरिक अर्यालले सुनाए । “बैंकसम्म जान आउन परेन, बैंकमा पनि लामो लाइन हुन्थ्यो, बूढाबूढीलाई सास्ती हुन्थ्यो”, ज्येष्ठ नागरिक अर्यालले भने, “मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यले बैंकसित समन्वय गरेर घरमै ल्याएर दिनुभयो, यसले गर्दा हामीलाई सजिलो भयो ।”

    भिरकोटमा भत्ताका लागि कूल तीन हजार नौ ९१ रहेका पञ्जीकरण शाखाका अपरेटर विजय गुरुङले जानकारी दिए । उनका अनुसार पछिल्लो तथ्याङ्कानुसार नगरपालिकाभित्र ७० वर्षमाथिका ज्येष्ठ नागरिक भत्ता पाउनेहरू रु एक हजार नौ ४०, ज्येष्ठ नागरिक (दलित) तीन सय १०, ज्येष्ठ नागरिक एकल महिला पाँच सय ४०, विधवा (आर्थिक सहायता) पाँच सय ३३, पूर्ण अपाङ्गता एक सय चार, अतिअशक्त एक सय ४९, दलित बालबालिका चार सय १५ छन् ।

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
    हरप्रहर

    सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

  • ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास
    हरप्रहर

    ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास

  • ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन
    हरप्रहर

    ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

  • लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा
    हरप्रहर

    लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution