जम्भुलिङ इन्टरनेश्नल अवार्ड २०२२ को अवार्ड कार्यक्रम श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ ।
उक्त अवार्ड वितरण कार्यक्रममा विभिन्न बिधामा अवार्ड प्रदान गरि स्रष्टालाई सम्मान समेत गरिएको थियो ।
सम्पन्न अवार्ड कार्यक्रममा मलेसिया र सिंगापुरबाट विशिष्ट ब्यक्तित्वका साथै नेपालबाट आएका कलाकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघसंस्थाको पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।
कार्यक्रममा अवार्ड वितरणसंगै स्रष्टालाई सम्मान गर्दै नेपाली कलाकारिता जगतका बरिष्ठ हांस्य कलाकार उत्तम केसी (चुई चुई पारेर) लाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ भने उत्कृष्ट सामाजसेबिको अवार्ड डा. भिम लाल तामाङले पाएका छन् ।
जम्भुलिङ ईटरनेस्नल अवार्ड २०२२ को उत्कृष्ट म्हेंदोमाया गीतमा ‘मकै पो पो पी’ टिपिकल म्हेंदोमाया गीतबाट रमला पाख्रिन तामांगले अवार्ड हात परेकी छिन् । उत्कृष्ट पांचमा परेका गीतहरु सिता लामा (धादिङ्ग नाम्सै छामे ङ्ग ), ऋतु वाइबा (म्हेंदोमाया जुहारी फिलिङ्गलिङ्ग ), लक्ष्मी स्याङ्ग्तान (घाया म्रङ् ) र शान्ति माम्बा ( लाहुरे कान्छा ) मध्य बाट रमला पाख्रिन् तामांगले उत्कृष्ट म्हेन्दोमाया गायिकाबाट अवार्ड जितेकि हुन्। पश्चिमेली तामाङ्ग समुदायमा अत्याधिक मन पराइएको टिपिकल म्हेंदोमाया गीत ‘मकै पो पो प’ स्रोता दर्शकहरुको भोट र जुरिको निर्णयबाट अवार्ड लिन सफल भएको हो । उक्त जम्भुलिङ ईटरनेस्नल अवार्ड २०२२ कार्यक्रम मा अन्य बिबिध (५०) विधाहरुमा पनि अवार्ड प्रदान गरिएको थियो।
धादिङ्ग, नुवाकोट र रसुवा जिल्लाका पश्चिमी क्षेत्रमा बसोबास गर्ने तामांग समुदायको चर्चित भाका हो म्हेन्दोमाया । रमला पाख्रिन तामांङ् यसै भाकालाई स्थापित गर्न लामो समय देखि निरन्तर रुपमा लागिरहेकी कलाकार हुन् । सानै देखि गित संगीतमा रुचि राख्ने गायिका हुन् रमला पाख्रिन। पछिल्लो समय तामांग पुस्ताले मौलिक कला, संस्कृति बिर्सदै गएको बेला यस क्षेत्रको सम्रक्षण र सम्बर्दन गर्नका लागि अभियान कै रुपमा लागिपरेकी छिन् । उनि आफ्नो कला र संस्कृति बचाउन कहिले म्हेन्दोमाया, कहिले साइकोले त कहिले अन्य विभिन्न भाका पस्किदै लागि परिरहेकी छिन् ।
पश्चिमी तामांग समुदायको गीतमा अन्य समुदायको भन्दा फरक इतिहास रहेको उनको जिकिर छ । ‘किनभने हाम्रो गीतमा मानिसको जन्म देखी मृत्यु पश्चात गरिने घेवासम्मको कथा हुने गर्दछ तर अन्य समुदायको गितमार्फत माया पिरतीको कथामा मात्र सिमित रहेको पाइन्छ’, उनले भनिन् । कुनै बेला धादिङ्ग, नुवाकोट र रसुवामा मात्र सिमित रहेको यस भाकालाई विश्वब्यापी रुपमा फैलाउने कलाकारको रुपमा सबै भन्दा अगाडी उनकै नाम आउने गर्दछ । म्हेन्दोमाया र साइकोले भाकामार्फत पश्चिमेली तामांग समुदायको कथाहरु पस्किदै आइरहेकी गायिका रमला पाख्रिन तामांग कलालाइ आफ्नो धर्म मान्छिन् । सस्कृतिले भरिपुर्ण भाकाहरु गाउदा आफुलाई छुट्टै आनन्द मिल्ने उनको भनाइ थियो।
२०५६ सालमा म्हेंदोमाया युबा समाज नेपाल संस्थाको सहयोगमा “म्हेंदोमाया” गितिसंग्रह सार्बजनिक भएको छ। “डेन्साङ्ग डेन्साङ्ग फ्याफुल्ला ” गीतको शब्द बिगेंद्र सिङ्ग वाइबा र संगीत संयोजन हेम वाइबाको रहेको छ। म्हेंदोमाया गीतमार्फत पहिलो पल्ट गित गाउने म्हेंदोमाया महिला गायिकाको रुपमा चिनिएपछी म्हेंदोमाया गीत संगीत मार्फत आफ्नो कला-संस्कृतिलाई सम्रक्षण र प्रबर्दन गर्दै आइरहेकी रमला पाख्रिन तामांगले अहिले सम्म आफ्नो एकल गीति संग्रह “म्हेंदोई माया”, “नाम्सै माया”, “साइकोले”, सहित अरुका गीति संग्रहहरुमा समेत गरि करिब ५ सय भन्दा बढी गीतहरुमा आफ्नो स्वर दिई सकेकी छिन् । यसर्थ म्हेंदोमाया गित संगीतलाई विश्वब्यापी रुपमा चिनाउने क्रममा देश तथा विदेशमा रहेका नेपालीहरुलाई म्हेंदोमाया मार्फत आफ्नो कला र संस्कृतिको बारेमा बुझाउन अझै सजिलो भएको मान्ने उनले म्हेंदोमाया गाएर नै विश्वका मुलुकहरु दुवै, कतार, कुबेत, कोरिया, भारत, भुटानलगायत अन्य मुलुकहरु समेत पुगेकी उनि नेपालका तामांग बस्तिहरु रहेका धेरै ठाउमाहरुमा समेत म्हेंदोमाया र पश्चिमेली गीत गाएर नै घुमेकी छिन्।
पश्चिमेली तामाङ्ग समुदायमा अत्यन्तै प्रख्यात रहेकी गायिका रमला पाख्रिन तामांगले गीत-संगीतमार्फत थुप्रै अवार्डहरु प्राप्त गर्नुका साथै आफ्नो जातिय कला, संस्कृति र भेषभुसा लगायतका प्रतियोगितात्मक कार्यक्रमहरुमा निर्णायकको भूमिकामा रहेर पनि काम गरेकी छिन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३