आसन्न निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित हासिल गरेपछि स्वतन्त्र उम्मेदवारको लहरै चलेको छ । सत्रारूढ गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आंकलन गरिएको काठमाडौंमा ‘को हावी छ ?’ भन्ने आ“कलन गर्न सक्ने अवस्था छैन ।
यद्यपि, स्वतन्त्र उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ भने सत्ता गठबन्धन तीन दलको समर्थनमा कांग्रेस, माओवादी र नेकपा एसले मिलेर उम्मेदवार दिएका छन् । निर्वाचन क्षेत्र १ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता प्रकाशमान सिंहको उम्मेदवारी छ ।
तीन पटकसम्म निर्वाचन जितिसकेका सिंह योपटक पुनः जित्न चाहन्छन् । उनलाई टक्कर दिन एमाले उम्मेदवार किरण पौडेल उभिएका छन् ।
अघिल्लो प्रतिनिधिसभाका प्रतिस्पर्धी राप्रपाका रविन्द्र मिश्र मैदानमा छन् । स्वतन्त्रबाट पुकार बम, सुशाासन पार्टीबाट रमेश खरेल, स्वतन्त्र अभियान संयोजक डम्बर साहु मैदानमा छन् ।
काठमाडौं क्षेत्र २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती, एमालेका मणिराम फुयाँल, राप्रपाका कुन्तीदेवी पोखरेल, स्वतन्त्रबाट कोषराज सुवेदी र रोहन कार्कीलगायत प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छन् ।
यस निर्वाचन क्षेत्र महानगरपालिकाका ९ र ३२ तथा शंखरापुर नगरपालिकासँगै कागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ वडा क्षेत्र नम्बर २ मा समेटिएका छन् ।
२०६४ मा तत्कालीन एमाले अध्यक्ष माधवकुमार नेपालले यो क्षेत्र हो ।
रोल्पाका झक्कु सुवेदीले नेपाललाई हराएको यो क्षेत्रमा पुनः एकपटक माओवादी केन्द्रीय सदस्य ओनसरी घर्ती चुनावी मैदानमा उत्रिएकी छन् ।
यो क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारले चुनौती दिएका भए पनि घर्तीको प्रतिस्पर्धा एमालेका नेता मणिराम फुयाँलसँग हुने देखिएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारको मतका आधारमा काठमाडौं–२ मा एमालेको पक्षमा १७ हजार ३ सय २८, कांग्रेसको पक्षमा १४ हजार १ सय २८, नेकपा एकीकृत समाजवादीको पक्षमा ७ हजार ९ सय ११, राप्रपाको पक्षमा ७ हजार २ सय र माओवादीको पक्षमा ३ हजार १३१ मत रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३