यदि एमालेको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङमध्ये एकलाई अघि सार्ने सम्भावना छ । संघीय सरकारको पटकपटक मन्त्रीका साथै बाग्मती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेकी शाक्य महिलासमेत भएकाले उनको सम्भावना बढी रहेको छ । यस्तै, पूर्व सभामुख रहेका नेम्वाङ आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको र पार्टीभित्र समेत समन्वयकारी भूमिका खेलेका कारण उनको सम्भावनासमेत बढी रहेको चर्चा एमालेभित्र रहेको छ ।
सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रले सम्मानजनक मत नपाएको अवस्थामा गठबन्धन भत्किन सक्ने र एमालेसहितको गठबन्धन बन्ने अवस्थामा प्रमुख पदमा भागबण्डा गरेर सरकार निर्माण हुन सक्ने बताइन्छ । प्रमुख तीन कम्युनिस्ट पार्टी मिलेर अगाडि बढ्ने अवस्थासमेत आउन सक्ने सम्भावना नकार्न सकिँदैन ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखजस्ता प्रमुख पदमा भागन्डा गरेर अगाडि बढ्न सक्नेबारेमा समेत राजनीतिक दलका नेता सहमत छन् । आगामी निर्वाचनबाट कुनै एक दलको बहुमत नआउने सम्भावना रहेकाले गठबन्धन गरेर नै सरकार निर्माण हुन्छ ।
राष्ट्रपतिको निर्वाचनसम्बन्धी के छ कानुन ?
संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्मा ३ सय ३४ सदस्य मतदाता हुनेछन् । त्यस्तै, सातवटै प्रदेशमा गरी कुल ५ सय ५० प्रदेशसभा सदस्य गरी राष्ट्रपतिको निर्वाचनमा कुल ८ सय ८४ मतदाता हुनेछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३