Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २६, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीहरुमाथि डोजर चलाउछौं : राजेन्द्र लिङदेन

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ कार्तिक २५, शुक्रबार (२ साल अघि)

  • ३७४ पटक पढिएको
  •  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन् । शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका हुन् ।

    उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको बताएका हुन् । उनले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्ने बताए । अध्यक्ष लिङदेनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे ।

    उनले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे । आफूले पाँच वर्ष संसदमा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन उनले आग्रह गरे ।

    उनले भनेका छन्, ‘बालेनले काठमाडौंको अवैध संरचनाहरुमाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरुमाथि डोजर चलाउने इच्छा छ । हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं भनेर । फागुनसम्म अस्तिका सबै सांसदहरुले तलवभत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । एउटा राजेन्द्र लिङदेन मैले भने अनुचित मात्रै होइन घोर अनैतिक काम भयो । यो भन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन ।’

    उनले फेरि भने, ‘म आज संसदमा एक्लै छु मैले तपाईहरुलाई रोक्न सक्दिनँ । तर मलाई यो भत्ता, तलव खाने मन छैन । आजबाट यो सांसद पद पनि मैले त्यागे । आजबाट मेरो नाममा कुनै प्रकारको तलव, भत्ता नहाल्दिनु । मैले तपाईहरुलाई एक्लो भएकाले रोक्न सक्दिनँ । चुनाव आउँदैछ । म जनताको बीचमा गएर आगामी दिनमा यस प्रकारका अनुचित, अनैतिक र देश बिरोधी क्रियाकलापहरु रोक्नसक्ने तागतका साथ साथीहरु लिएर आउँछु भनेर हिडेको छु । फिर्ता लिएछन् पछि ।’

    उनले थपे, ‘राज्यकोषको २ अर्ब पैसा बच्यो भनेर पत्रकार साथीहरुले भनिराख्नुभएको छ । आज म देशभर आम मतदातासँग यही कुरा भन्न आएको छु यो संसदमा मलाई साथीहरु चाहियो । म एक्लै भएँ । म साथी माग्न आएको छु । तपाईहरुले मलाई पाँच वर्ष हेर्नुभयो । मैले पाँच वर्ष गरेको काम, त्यहाँ मैले उठाएको आवाजहरु तपाईलाई ठिक लागेको छ कि छैन ? मैले ठीक गरेको छु भन्ने तपाईले ठान्नुभएको छ भने मैले देशलाई भनिराखेको छु, म एक्लो भएँ । म साथीहरु मागिरहेको छु साथीहरु दिनुस् ।’

    यसका साथै अध्यक्ष लिङदेनले पुराना दलहरुलाई फेरीपनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे । उनले काँग्रेस र कम्युनिष्ट मतदाताहरुलाई आफ्नो पार्टी नछाडेपनि मत भने राप्रपालाई दिनका लागि आग्रह गरे । उनले काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने बताए ।

    उनले बाकस खोल्दामात्रै थाहा हुनेगरी हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे । उनले भने, ‘कतिचोटी तपाईले उसलाई भोट दियो भने, कति वर्ष मौका दियो भने यो देश बन्छ ? बन्नेवाला छैन । गर्नेवाला छैन भन्ने कुरा तपाईहरुलाई थाहा छ, थाहा पाइ पाइकन देशको भविष्य, देशको समय बर्बाद गर्ने काममा सहभागि नहुनुहोस् । सक्नुहुन्छ, सोझै राप्रपामा आउनुहोस् । राप्रपामा अहिले आउन सक्नुहुन्न, कोही बात छैन । काँग्रेस, कम्युनिष्ट नै भइराख्नुस् । तर यो चोटी हलोमा भोट हाल्नुस् ।’

    उनले थपे, ‘धरान र काठमाडौं नेपालको राजनीतिमा एक कदम अगाडि बढिसकेको छ । यहाँको चेतनास्तर उठेको छ भन्ने देखिएको छ । नेताहरु, ठूला पार्टीहरु हामीबाहेक यहाँ कसले जित्छ भन्दैथिए । तर जब बाकस खोलियो, जनताको अभिमत के रहेछ भन्नेकुरा देखियो । योचोटी राप्रपाको पक्षमा त्यही परिणाम आउनुपर्छ । बाकस खोल्दामात्रै थाहा पाउनेगरी यो चोटी हलोमा मतदान गरिदिनुस् ।’

    उनले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । ठूला राजनीतिक दलहरुको विकल्पको रुपमा राप्रपा रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
    हरप्रहर

    सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

  • ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास
    हरप्रहर

    ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास

  • ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन
    हरप्रहर

    ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

  • लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा
    हरप्रहर

    लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution