रेडियो उपत्यकाबाट हरेक बुधवारको दिनमा उदाय् समाजको प्रस्तुतिकरणमा रहेको उदाय् सः नामक कार्यक्रम सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्षमा प्रवेश गर्दाको क्रममा ३ सय भन्दा बढी एपिसोड निर्माण भएको छ। यसै अवसरमा आयोजना गरिएको एक कार्यक्रममा उक्त रेडियो कार्यक्रम संचालनका लागि आफ्नो क्षेत्रबाट अतुलनीय योगदान दिएका व्यत्तित्वहरुलाई जमलको ग्राण्डी सिटी हस्पितलको हलमा सम्मान पनि गरिएको छ ।
उक्त समारोहमा रेडियो उपत्यकालाई पनि सम्मान गरिएको छ भने रेडियो उपत्यकाका व्यवस्थापन प्रमुख विशाल भण्डारीले सम्मान पत्र ग्रहण गरे । यसैगरी विगेन तुलाधर, सुगत रत्न सिन्दुराकार, प्रेमहिरा तुलाधर र लोचनतारा तुलाधरलाई पनि खादा ओढाएर सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
समाजका अध्यक्ष डा. रुपज्योति कसाकारको सभापतित्वमा भएको उक्त कार्यक्रममा उदाय् समाजका महासचिव रजनी ताम्राकारले स्वागत मन्तव्य दिएकी थिइन् । सातौ वर्ष प्रवेशको अवसरमा गरिएको कार्यक्रममा काठमाडौं वडा नं २५ का अध्यक्ष राजेश डंगोल र २७ का अध्यक्ष योगेश कुमार खडगीले संयुक्त रुपमा प्रमुख अतिथिको हैसियतले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रममा उदाय् समाजका सदस्य एवं उदाय् सःका संयोजक डा.ज्ञानेन्द्र रत्न तुलाधरले उदाय् सः संचालनका गतिविधिका बारेमा प्रकाश पारेका थिए भने उदाय् सःको आर्थिक अवस्था बारे उदाय् सःका कोषाध्यक्ष रत्न कमल कंसाकारले जानकारी गराएका थिए । कार्यक्रममा रेडियो उपत्यकाका व्यवस्थापक प्रमुख विशाल भण्डारी, उदाय् सःका प्रस्तोता विगेन तु्लाधर, उदाय् समाजका प्रचार प्रसार सचिव भवानी तुलाधर, वडाध्यक्ष राजेश डंगोल, योगेश कुमार खडगी, अक्षयकोष दाता चिरिकशोभा ताम्राकारले आफ्नो आफ्नो मन्तव्य राखेका थिए ।
उदाय् सःका एडिटोरियल कमिटिका सदस्य प्रेमहिरा तुलाधरले संचालन गरेको कार्यक्रममा २५ वडाका जनप्रतिनिधि लिनोद वीर सिंह तुलाधर र २७ वडाका जनप्रतिनिधि श्रृष्टि कंसाकार तुलाधर, उदाय् समाजका निवर्तमान अध्यक्ष पञ्चवीर सिंह तुलाधरहरु पनि अतिथिको रुपमा रहेका थिए । साथै कार्यक्रममा उदाय् समाजका सल्लाहकारहरुको पनि उपस्थिति थियो ।
कार्यक्रमको अन्तमा उदाय् समाजका उपाध्यक्ष डा. प्रेमरत्न स्थापितले धन्यवाद ज्ञापन गरेका थिए भने सभाका सभापति तथा समाजका अध्यक्ष डा. रुपज्योति कसाकारले आफ्नो मन्तव्य प्रकट गरी सभा समापन गरेका थिए । कार्यक्रममा सुमिया स्थापित र स्वस्तिहिरा सिखाराकारले एकल नृत्य पनि प्रस्तृत गरेका थिए । उदाय् सः कार्यक्रममा उदाय् व्यत्तित्वहरुको अन्तरवार्ता, उदाय् सरोकारका परिचय, उदाय् विधि व्यवहारको परिचय, बालक डबली, उदाय् गतिविधि समाहित समाचार, साहित्य लगायत रचनाहरु वाचन गरी प्रसारण हुदै आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३