नेपालभाषाको हास्य प्रधान गीत ‘वा ग्वारा मैं वा’ को म्यूजिक भिडियो सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको छ । उक्त गीत पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले म्यूजिक भिडियोको लोकार्पण गरेका थिए । सुरेन्द्र मानन्धरको रचना र संगीत रहेको गीतमा सुरेन्द्रकै साथै सुरेश मानन्धर, सरस्वती मानन्धर र सविना मानन्धरले स्वर दिएका छन् । संगीत संयोजन भने जिवित जल्मीको रहेको छ ।
म्यूजिक भिडियोको छायाङ्कन अमन महर्जनले गरेका छन् भने दृश्य सम्पादन इन्द्र मानन्धरले गरेका छन् । मध्यपुर थिमितर्फको लोकेसनमा छायाङ्कन गरिएको म्यूजिक भिडियोको निर्देशन सुरेन्द्रले नै गरेका छन् । हाइलाइट्स नेवार युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३