नेपालभाषाको चलचित्र विकास र प्रचार गर्ने उदेश्य बोकेर इन्दिरा धिमेय् मयजु’ निर्माण समूहबाट चलचित्र गालय् वनको च्यारिटी शो गर्ने भएको छ ।उक्त च्यारिटी शो यही शनिबारका दिन सुन्धारास्थित सिटीसि मलमा गर्न लागिएको हो ।
यसरी नेपालभाषा क्षेत्र र बजारलाई विस्तार गर्दै चलचित्रकर्मीहरुलाई हौसला दिन शो गर्न लागेको ‘इन्दिरा धिमेय् मयजु’ का लेखक र निर्देशक सुरेन्द्र तुलाधरले बताए । नेपालभाषामा काम गर्ने सबै कलाकार,निर्देशक र यो क्षेत्रमा कामगर्ने सबै एकजुट हुन यस किसिमको च्यारिटी शोले राम्रो भूमिका खेल्ने लेखक र निर्देशक सुरेन्द्र तुलाधरको बुझाई छ।
आउँदो ४ गते प्रदर्शन गर्न लागिएको चलचित्र ‘गालय् वन’मा शोभा महर्जन, किरण जोशी, कमल प्रसाद भट्ट, मञ्जु श्रेष्ठ, विज्ञान पक्का (चक्लेट), अजय दुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ, नानी मैयाँ प्रजापति, राजेश गोसाई लगायतको मुख्य भूमिका रहेको छ । संयुक्त स्थापितले निर्देशन गरेको चलचित्रको छायाङ्कन र दृश्य सम्पादन बालकुमार मगरले गरेका छन् भने कथा, पटकथा र संवाद विज्ञान पक्का (चक्लेट) को रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३