कोरियाले पछिल्लो समय रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणमा कृषि तथा पशुपालनको क्षेत्रमा ७ हजार जना नेपाली श्रमिक छनोट गर्ने भएको छ । यसैगरी पानी जहाज निर्माण कम्पनीमा समेत नेपालबाट पहिलो पटक १२ सय श्रमिक जान पाउने भएका छन् ।
कोरियाको एचआरडी सेवाले दोस्रो चरणको भाषा परीक्षामा पास भएका ८ हजार ३८० मध्येबाट ७ हजार ७०० नेपाली युवालाई कोरिया लैजाने रोष्टर तयार गर्ने भएको हो ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाले कृषि तथा पशुपालन क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षा ईपीएस टपिक युबिटीको नतिजा सार्वजनिक गरी सीप परीक्षणको सूचनासमेत निकालेको छ ।
सीप परीक्षण पास भएका युवाले रोजगार आवेदन, स्वास्थ्य परीक्षणलगायतका काम सकेपछि कोरिया पठाइने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३