नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नं ६ गुर्जेमा रहेको कालिकादेवि मा. वि. मा शिक्षा मार्फत सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार विधालयमा पिस फष्ट संस्थाको सहयोगमा भएको उक्त कार्यक्रममा विधार्थीले कविता, नाटक , गीतमार्फत बालविवाह, महिला हिंसा बारे जनचेतनामूलक सन्देश दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलिया रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले गाउँपालिकाले पहिलो प्रथामिकतामा शिक्षा क्षेत्रको विकासका लागि लागिएरहेको र स्वास्थ्य कृषि पर्यटन लगाएत सबै क्षेत्रको विकासका लागि काम गरिरहेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वीर बहादुर तामाङले कालिका मावि शिवपुरीको विधालयहरु मध्य अतिरिक्त क्रियाकलाप राम्रो रहेको र समाज विकासका लागि शिक्षा प्रमुख आधार भएको बताए ।
कार्यक्रममा शिवपुरी वडा नं ६ का वडा अध्यक्ष विष्णु श्रेष्ठले आफू निर्वाचित भएर वडामा आएदेखि नै पहिलो प्रथामिकता सामुदायिक विधालयमा गुणस्तरीय शिक्षा दिन लागिरहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले विधालयमा गुणस्तरीय शिक्षा दिन लागिरहेको बताए ।
शिक्षा मार्फत सशक्तिकरण कार्यक्रमकी संयोजक आचल अधिकारीले नेपाली समाजमा हुने महिला हिँसा बालविवाह विकृत विसंगतिको विरुद्ध संस्थाले जनचेतनामूलक कार्यक्रम गर्दै आईरहेको बताईन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३