Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन १०, बुधबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

१३ घण्टा अघि
२

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

१५ घण्टा अघि
३

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

१५ घण्टा अघि
४

पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

१ दिन अघि
५

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

२ दिन अघि
६

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

२ दिन अघि
७

आज सुनचाँदीको मूल्य स्थिर

२ दिन अघि
८

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२ दिन अघि
९

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

३ दिन अघि
१०

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

५ दिन अघि
११

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

६ दिन अघि
१२

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

४ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

१ महिना अघि
८

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

४ हफ्ता अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

१ हफ्ता अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

४ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

अमेरिकामा निर्माण भएको पशुपतिनाथ तथा बौद्ध स्तुपालाई ६ लाख डलरको प्रतिवद्धता

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० श्रावण १, सोमबार (२ महिना अघि)

  • १७८ पटक पढिएको
  • अमेरिकाको टेक्सस युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाको बाँकी चरणका कामहरु पुरा गर्नका लागि दाताहरुले ६ लाख डलरको प्रतिवद्धता गरेका छन् ।

    शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमुलका ५१ परिवारले उक्त रकमको प्रतिवद्धता गरेका हुन् । सबैभन्दा ठूलो रकम फोर्टवर्थका शैलेन्द्र मानन्धर र विकल ढकालको परिवारले एक एक लाख डलरको गरेका छन् । यस अघिनै ५० हजार डलर भन्दा बढी रकम मन्दिरलाई लिएर संरक्षक (प्याट्रोन) भैसकेका मानन्धर र ढकाल परिवारले सहयोग रकम थपेर एकलाख पुर्याउने घोषणा गरेका हुन् ।

    एकलाख डलर सहयोग गर्नेलाई मन्दिरले ‘वाल अफ अनर’ ले सम्मान गर्ने चलन छ । यस अघिनै दुई वर्ष अघि कृष्णप्रसाद पन्तले एकलाख डलर सहयोगको घोषणा गरेका छन् । पन्तले ५० हजार डलर प्रदान गरिसकेका छन् । बाँकी थप ५० हजार दिने प्रकृयामा छन् ।

    शनिबार एक एक लाख डलर सहयोग पुर्याउने घोषणा गरेका मानन्धर र ढकाल टेक्ससमा असाध्यै सफल व्यबसायीको परिचय बनाएका व्यक्तिहरु हुन् । मानन्धरको होलसेल व्यापार, ग्याँस स्टेशनमा ठूलो लगानी छ भने ढकालको होटल, होलसेल व्यापार, ग्याँस स्टेशन, ग्रोसरी स्टोर र रेष्टुँरामा ठूलो लगानी छ । पछिल्लो समयमा ढकाल कन्स्ट्रक्सन व्यबसायमा पनि संलग्न छन् ।

    युलेसको विशाल जग्गामा अहिले पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपा निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । पहिलो चरण अन्तरगत सामुदायिक भवन र मन्दिरको अस्थायी संरचना निर्माण भएको छ । दोस्रो चरणमा पशुपतिनाथकै आकार, प्रकारको मन्दिर र बौद्ध स्तुपाको निर्माण हुनेछन् । यो योजना निर्माणको चरणमा प्रवेश भएको छ ।

    शनिबार सहयोग रकम थपेर चार परिवारले संरक्षक (प्याट्रोन) बन्ने प्रतिवद्धता जनाएका छन् । मन्दिर बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष डा. प्रेम अधिकारी, मन्दिरको कार्यकारी समितिकी अध्यक्ष सीता सापकोटा, कबी मैनाली र भुवन आचार्यले सहयोग बढाएर कम्तिमा ५० हजार दिने घोषणा गरेका छन् ।

    शनिबार २८ परिवार नयाँ फाउण्डिंग मेम्बर थपिएका छन् । मन्दिरलाई तीनहजार ५ सय डलर सहयोग गर्नेलाई फाउण्डिंग मेम्बरले सम्मान गर्ने गरिएको छ । त्यस्तै तीन परिवारले अनररी बोर्ड अफ ट्रष्टी, १० जनाले ट्रष्टी, दुई परिवार अनररी फाउण्डिंग मेम्बर थपिएका छन् ।

    शनिबारको कार्यक्रममा मन्दिरको विगत, वर्तमान र भविष्यका योजनाका बारेमा संस्थापक डा. मुरली अधिकारी, वर्तमान बोर्ड अफ ट्रष्टी उपाध्यक्ष डा. प्रेम अधिकारीले चर्चा गरेका थिए ।

    अहिलेसम्म मन्दिरलाई ५० हजार भन्दा बढी सहयोग गरेर १५ परिवार प्याट्रोन, ७० परिवार अनररी ट्रष्टी, ५५ परिवार ट्रष्टी, ४ सय ५० परिवारले फाउण्डिंग मेम्बरशीप लिइसकेका छन् ।

    उपाध्यक्ष डा. अधिकारीले ड्यालस फोर्टवर्थका हरेक नेपाली परिवारलाई मन्दिर निर्माणको योजनामा सहभागी हुँदै सहयोग गर्न र सदस्यता लिन आव्हान गरेका छन् । भव्य पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपाका लागि ४० लाख डलर बजेट लाग्ने अनुमान गरिएको छ । ‘यहाँ बस्ने हरेक नेपाली परिवारको सहयोग बिना यो योजना पुरा हुन सक्दैन, तसर्थ सबैलाई यो अभियानमा जोडिन र साथ दिन आव्हान गर्दछु’ डा. अधिकारीले भने ।

    अर्भिंगमा रहेको मन्दिर विगत तीन महिना अघि युलेसमा सरेपछि मन्दिरमा दैनिक भक्तजनहरुको आगमन व्यापक बढेको र यसले पार्किंगलट प्रयाप्त नदेखिएपछि अहिले तुरुन्तै विस्तारमा लागेको छ । अहिले सप्ताहन्तमा दुई दिन शनिबार र आइतबार दैनिक औसत चारसय जना मन्दिरमा आइरहेका छन् ।

    मन्दिरको अवस्था र भावी योजनाका बारेमा समुदायलाई जानकारी गराउने यस्तो खालको कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने जनाइएको छ । हरेक परिवारमा पुगेर सहयोग, सदस्य बनिदिनका लागि आव्हान गर्ने योजनामा मन्दिर रहेको छ ।

    शनिबारको कार्यक्रममा सन् २००७ मा मन्दिको अवधारणा सुरु भएदेखिका उतार चढावका बारेमा डा. मुरली अधिकारीले प्रष्ट पार्दै मन्दिरले धार्मिक केन्द्र मात्र नभएर समुदायलाई जोड्ने, शिक्षा, स्वास्थको केन्द्र हुने लक्ष्य बोकेको प्रष्ट पारे । कार्यक्रममा मन्दिर बिओटीका उपाध्यक्ष भुवन आचार्य, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, मन्दिरकी अध्यक्ष सीता सापकोटा, हिन्दु धर्ममा दानको महत्वका बारेमा डा. शेखर पण्डित र मेघराज निरौला लगायतले चर्चा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • अल्वानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ
    हरप्रहर

    अल्वानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ

  • युएईको सेक्यूरिटी कम्पनीमा २५ नेपाली बन्धक अवस्थामा, लाखौं भुक्तानी पाउन बाँकी
    हरप्रहर

    युएईको सेक्यूरिटी कम्पनीमा २५ नेपाली बन्धक अवस्थामा, लाखौं भुक्तानी पाउन बाँकी

  • दक्षिण कोरियाको रोजगारीका सम्वन्धमा भ्रममा नपर्न विभागको अपिल
    हरप्रहर

    दक्षिण कोरियाको रोजगारीका सम्वन्धमा भ्रममा नपर्न विभागको अपिल

  • एक वर्षमा पौने ८ लाख रोजगारीका लागि विदेशिए
    वैदेशिक रोजगारी

    एक वर्षमा पौने ८ लाख रोजगारीका लागि विदेशिए

  • ताजा खबर
  • १

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    १३ घण्टा अघि

  • २

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    १५ घण्टा अघि

  • ३

    टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक
    १५ घण्टा अघि

  • ४

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    १ दिन अघि

  • ५

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution