Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २६, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

प्रधानमन्त्री फुरुङ्ग जनता झसङ्ग !

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० मंसिर ७, बिहिबार (१ साल अघि)

  • ३८० पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल सिंहदरबारको सिँगारिएको नयाँ ठाउँमा सरेपछि फुरुङ्ग परेका छन्। कार्तिक शुक्ल दशमी बुधबारका दिन प्रधानमन्त्री दाहाल नयाँ कार्यकक्षमा सरेका हुन्।

     ०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि सिंहदरबारको पुरानो भवन छाडेर प्रधानमन्त्रीको कार्यालय अर्को नयाँ भवनमा सारिएको थियो। झण्डै आधा अर्ब खर्च गरेर ८ वर्षमा तयार भएको नयाँ कार्यालय झकिझकाउ नै छ।

    राणा प्रधानमन्त्री चन्द्र शमशेरसँग खरिद गरेको यो भवन पञ्चायतकालमा आगलागीमा परेपछि विरुप जस्तै भएको थियो। त्यसबेला सिँगारपटार गरेपछि २०७२ को भूकम्पसम्मका प्रधानमन्त्रीहरु यहीँ काम गर्थे। जहाँनियाँ शासनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मका शासन पध्दतिको साक्षी बनेको सिंहदरबारले अरु के-के को साक्षी बन्दैजानुपर्ने हो त्यो भविष्यकै गर्भमा छ।

    नयाँ ठाउँमा सरेपछि प्रधानमन्त्री त्यसैत्यसै फुरुङ्ग परेका छन्। उनले यो खुशी मनभित्र लुकाइराख्न पनि सकेनन्। सरेका दिन उनले वरिपरी उभिएका मन्त्री, मुख्यसचिव, छोरी र कर्मचारीलाई आफ्नो अनुभव सुनाईछाडे।

    प्रधानमन्त्रीले भने– ‘मलाई कता कता पहिलेको ठाउँमा बस्दा गुम्म परेको जस्तो लागेको थियो। त्यहाँ त्यति फ्रेस नभए जस्तो लाग्थ्यो। यो ठाउँमा आएपछि त सबैतिर देखिने, बाहिर बार्दलीमा निस्किएर हेर्न पाइने। स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु।’

    नयाँ कार्यकक्ष प्रवेशपछि आफ्नो कार्यक्षमताले नयाँ गति पक्रिने र एकता समेत अझ बलियो हुने प्रधानमन्त्रीको विश्वास छ।

    नयाँ ठाउँमा सरेपछि फुरुङ्ग पर्ने र नयाँ नयाँ भावनाहरु पोखेर जनतालाई उत्साहित पार्न खोज्ने प्रधानमन्त्री दाहालको पुरानै आदत हो। ‘जनयुध्द’ को विश्रामपछि एकैचोटी बालुवाटार अवतरण गर्दापनि उनको प्रशन्नता जोशिलो ढंगले प्रकट भएको थियो। पुनस्थापित प्रतिनिधिसभामा प्रवेश गरेपछि दाहालको खुशी चुलिएको नेपाली जनताले देखेकै हुन्।

    संविधान सभाका दुई दुई वटा निर्वाचनमा आएको फरक अंकगणितको परिणामले दाहालको खुशी चुलिएको र अवतरण गरेर राजनीतिको आधारशिविरमा विश्राम गरेको पनि जनताले देखेकै हुन्। सफलतामा निकै उत्साहित हुने र विफलतामा खिस्रिक्क पर्ने बानीले प्रधानमन्त्री दाहाललाई कहिलेकाहीँ दुःखी पनि बनाउने गरेको देखिन्छ।

    अहिले दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेर कार्यकारी नेतृत्व गरिरहेका छन्। पहिलो कार्यकालमा प्रधानसेनापति चलाउँदा दाँतमा ढुंगा लागेपछि उनी सम्भवत जीवनकै सबैभन्दा खिन्नताको क्षण अनुभव गर्न विवश थिए। तर एमालेसँग एकता गरेर नेकपा निर्माण गरेपछि त्यसका आर्किटेक्ट मानिएका दाहालको फुक्र्याईँ चानचुने थिएन। तर त्यो दीर्घजिवी हुन सकेन।

    ‘पुल काटेर अघि बढेका’ दाहाल र केपी शर्मा ओली नदीका दुई किनार जस्ता भए। दुई किनारमात्र भएनन्, मौका परे एकले अर्कालाई सिध्याउने तहको गालीगलौजमै उनीहरु उत्रिए। जसले उनीहरुलाई मनोरञ्जन दिएपनि नेपाली जनता भने निकै खिन्न भएका थिए।

    त्यसपछिको राजनीतिक परिस्थिति र सत्ताको आरोह अवरोह खुला पुस्तक जस्तै छ। प्रधानमन्त्री दाहालको कोमल मन आगोको छेउमा राखेको नौनी जसरी पग्लिन्छ भन्ने कुरा पटक पटक देख्नजान्न पाएका नेपाली जनता उनको खुशी देखेर झसंग पनि हुनेगर्छन्।

    रेट्रो फिटिङपछि श्रृंगारप्रशाधनले सिँगारिएको सिंहदरबारमा सरेका प्रधानमन्त्री दाहाल जसरी फुरुङ्ग परेका छन्, उनको यो प्रशन्नता दिगो होस् र यो नयाँ उर्जाले प्रधानमन्त्री देश र जनतालाई सहज तरिकाले सेवा प्रवाह गर्न सफल हुन् भन्ने कामना छ। यसैपनि उनले अब सरकारको कामको प्रकृति र गुणस्तर नयाँ ढंगबाट अघि बढाउने घोषणा पनि गरेका छन्।

    नयाँ कार्यकक्षमा सरेपछि ताजा महसुस हुनु स्वाभाविक नै हो। नयाँ कार्यकक्षमा सरेपछि ताजा महसुस गरेका प्रधानमन्त्रीको ध्यान त्यहाँ त्यहाँ जाओस्, जहाँ सरकारले गर्नुुपर्ने नियमित सेवाबाट समेत वञ्चित हजारौं जनता छन्। सार्वजनिक सेवा र दैनिक जीवनयापनका संगठित र असंगठित क्षेत्रमा श्रम गरेर गुजारा गरिरहेका ती जनतालाई आफू जस्तै प्रशन्न बनाउन सरकारले के के गर्न पर्छ, के के गर्न सक्छ प्रधानमन्त्रीको ताजा दिमागले सोचोस्, योजना बनाओस्, योजनामात्र नबनाओस् त्यसलाई प्रभावकारी ढंगले कार्यान्वन पनि गरोस्। यतिमात्र भैदिएपनि केन्द्रीय सचिवालय सिंहदरबारमा मूल फुटेर निस्किएको प्रशन्नताले महसुश गराएको ताजापन देशका अन्य भूभागसम्म प्रशारित विस्तारित हुनेछ।

    सिंहदरबारको रेट्रो फिटिङ गरेको शहरी विकास मन्त्रालयको नेतृत्व गरेकी मन्त्री सीता गुरुङले यो काममा करिब ४२ करोड रुपैयाँ लागेको जानकारी दिइन्। उनैले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकक्षमा प्रवेश गराएकी थिईन्।

    ‘२०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रबलीकरण गर्ने काम लगभग पूरा भएको छ । ‘इन्टेरियरको संरचना बनाउनुपर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन कि भन्ने देखिन्छ’, उनले थप जानकारी दिँदै भनिन्।

    यो नयाँ भवन प्रधानमन्त्री दाहालको कार्यक्षमता बढाउन र नवीन योजना निर्माण गर्नमा सहयोगी सिध्द होस्, शुमकामना।

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    हरप्रहर

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

  • नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू
    हरप्रहर

    नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू

  • कालापत्थर आरोहण र पग्लिरहेका हिमाल
    हरप्रहर

    कालापत्थर आरोहण र पग्लिरहेका हिमाल

  • जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता
    हरप्रहर

    जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution