Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

१० बुदेँ घोषणापत्र जारी गर्दै मेलम्चीको गुफाडाँडामा जलवायु सम्मेलन सम्पन्न

हरप्रहर डेस्क सिन्धुपाल्चोक प्रकाशित मिति: २०८० पौष १६, सोमबार (१ साल अघि)

  • ५२८ पटक पढिएको
  • १० बुदेँ घोषणापत्र जारी गर्दै मेलम्ची ९ गुफाडाँडामा जलवायु सम्मेलन सम्पन्न भएको छ ।

    २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो । त्यसपछि प्रत्येक वर्ष जनवरी १ तारिखमा जलवायु दिवस मनाइँदै आएको छ ।

    सोहि अवसरमा आज नगरपालिकाले १० बुदेँ घोषणापत्र जारी गरेको हो । कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले घोषणापत्र जारी गर्दै मेलम्ची नगरपालिकाको आयोजनामा आगामी वर्ष देखि ‘स्थानीयस्तरमा जलवायु परिवर्तन : जोखिम, असर र असल अभ्यास’ शीर्षक रहेको राष्ट्रियस्तरको जलवायु सम्मेलन, जलवायु पार्क गुफाडाँडामा वार्षिक रुपमा आयोजना गर्ने उद्घोष गरे ।

    सो सम्मेलनवाट जलवायु परिवर्तनले स्थानीयस्तरमा पारेको असर, विकास निर्माणमा सृजना गरेको प्रतिकुलता र स्थानीय तहबाट जोखिम न्यूनीकरण, अनुकूलन र उत्थानशीलताका लागि गरिएका असल अभ्यासहरु आदानप्रदान हुनुका साथै जलवायु परिवर्तन र यसका विविध आयामका सन्दर्भमा स्थानीय सरकारहरुको बुझाई अभिवृद्धि हुने र सम्बन्धित सरोकारवाला पक्षहरुलाई ध्यानाकर्षण गराउने लक्ष्य लिइने नगर प्रमुख आइतमान तामाङद्धारा जारी घोषणापत्रमा उल्लेख छ ।

    संघीय र प्रदेश सरकारसंगको समन्वयबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि स्थापित नगर तथा वडास्तरीय विपद् व्यवस्थापन समिति र स्थानीय आपत्कालीन कार्यसंचालन केन्द्रको निरन्तर क्षमता अभिवृद्धि मार्फत संस्थागत सुदृढीकरणका लागि आवश्यक कदम चालिने, विश्वभरी पानीको श्रोतको रुपमा परिचित मेलम्ची जलाधार क्षेत्र तथा मेलम्ची नगरपालिका भित्रका सम्पूर्ण जलाधार क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि वृक्षारोपण र एकिकृत जलाधार क्षेत्र संरक्षण विशेष कार्यक्रम संचालन गरिने घोषणापत्रमा उल्लेख छ ।

    त्यस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असर न्यूनीकरण गर्न जलवायु उत्थानशील कृषि प्रणालीको विकासमा जोड दिदै, मौसम परिवर्तनमा आधारित पूर्वानुमान प्रणाली लागु गरी किसानलाई अग्रिम जानकारी गराउने प्रविधि स्थानीयस्तरसम्म विस्तार गरिने, जलवायु परिवर्तनको कारणबाट २०७८ असार १ गते र त्यसपछि मेलम्ची र ईन्द्रावती नदीमा आएको विनाशकारी बाढीबाट क्षति भएका पूर्वाधारहरुको पुनर्निर्माण एवं पुनर्स्थापना कार्यलाई द्रुत गतिमा अगाडि बढाउने, आगामी दिनहरुमा निर्माण गरिने निजी तथा सार्वजनिक पूर्वाधार समेतमा हुनसक्ने संभावित विपद् जोखिम पहिचान गरी जोखिम न्यूनीकरण गरिने उल्लेख छ ।

    स्थानीयस्तरमा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न तथा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीहरुमा विपद् जोखिमको बुझाई अभिवृद्धि गर्नका लागि जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन तालिम केन्द्रको स्थापना गर्नुका साथै जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई स्थानीय पाठ्यक्रममा समावेश गरी जलवायु शिक्षा र विपद् व्यवस्थापनलाई स्थानीयस्तरसम्म पुर्याउन नगरपालिकाबाट विशेष कार्यक्रम संचालन गरिने, विपद् पूर्व तयारी तथा प्रतिकार्यमा क्षमता अभिवृद्धि गर्नका लागि प्रत्येक वडामा २५ जनाको विपद् स्वंयसेवक समूह तयार गरी खोज, उद्दार, प्राथमिक उपचार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणसंग सम्बन्धित आवश्यक तालिम, उपकरण र व्यवस्थापकीय क्षमता सहितको तत्काल परिचालन गर्न सक्ने जनशक्ति तयार गरिने, जलवायु परिवर्तनले सिर्जना गरेको विपद्धन्य घटनावाट हुने क्षति न्यूनीकरण गर्न, पूर्व सूचना प्रणालीहरुको स्थापना र सुदृढीकरण गरी जोखिममा रहेका समुदाय र जनधनको क्षति न्यूनीकरण गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिने आज जारी घोषणापत्रले समेटेको छ ।

    त्यस्तै जलवायु परिवर्तनबाट परेको असर र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विद्यमान व्यवस्थाहरुको अधिनमा रही, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र स्थानीय जलवायु अनुकूलन योजना सहित, विपद्का विभिन्न चरणमा अपनाइने रणनीतिहरुलाई एकीकरण गरी तथ्य र तथ्याङ्कमा आधारित, वैज्ञानिक तथा व्यवहारिक एकिकृत स्थानीय जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा ल्याइने, विपद् एवंम् जलवायु उत्थानशील नगर निर्माण गर्नका लागि दिगो विकास लक्ष्य, राष्ट्रिय जलबायु परिवर्तन नीति, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, वातावरणमैत्री स्थानीय शासनका प्रारुपहरुलाई नगरपालिकाबाट संचालन गरिने योजना तथा कार्यक्रमहरुमा समावेश गर्दै दिगो, गुणस्तरीय, उत्थानशील र वातावरणमैत्री विकासको सुनिश्चितता गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

    कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान निवर्तमान प्रमुख डम्बर अर्याल,उपप्रमुख भवगती नेपाल लगायतले जलवायु परिवर्तनले पारेका असरका बारेमा सचेत रहँदै योजना बद्ध ढंगले अगाडी बढ्नुपर्ने बताए । कार्यक्रमको उद्धेश्यबारे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेश मिश्रले प्रष्ट पारेका थिए भने वडा अध्यक्ष किरणदिप खड्काले स्वागत मन्तव्य राखेका थिए । नेपाल शिक्षक महासघं सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडाले शुभकामना मन्तव्य राखेको कार्यक्रम नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले सञ्चालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
    हरप्रहर

    सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

  • ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास
    हरप्रहर

    ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास

  • ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन
    हरप्रहर

    ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

  • लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा
    हरप्रहर

    लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    १ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution