भक्तपुर, १२ साउन स् राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे नेपाल० को आयोजनामा दुईदिने व्यक्तित्व विकास तथा ‘फ्ल्यासफोटोग्राफी’ तालिम सम्पन भएको छ ।
एनएफपिजे नेपालको केन्द्रीय समितिका १३ जना फोटोपत्रकारका लागि सो तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले प्राविधिक सीप र क्षमता विकासका लागि यस्ता कार्यक्रम अनिवार्य भएको बताउनुभयो ।
अध्यक्ष वन्तले विभिन्न सन्चार माध्यममा आवद्ध फोटोपत्रकारहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने र नेपालमै बसेर फोटोपत्रकारितामार्फत विश्वलाई नेपालबारे जानकारी दिन सकिन्छ भन्ने विश्वास जगाउन तालिमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा नेपालभरका फोटोपत्रकारलाई यस्ता तालिम उपलब्ध गराउन एनएफपिजे नेपाल लागिपर्ने बताउनुभयो । दुईदिने तालिममा नेपाल फोटोग्राफर महासङ्घका महासचिव डिगम्वर राजवंशीले क्यामेरामा प्रयोग हुने फ्ल्यास कसरी प्रयोग गर्ने र विश्वमा उपलब्ध फ्ल्यासबारे जानकारी गराउनुभयो ।
त्यस्तै, व्यक्तित्व विकाससम्बन्धी अक्षरा स्कुलका प्रमुख कार्यकारी अधिकृत तथा ‘मोटिभेसनल स्पिकर’ राजेश शर्माले संस्थाको हकहित साथै कसरी फोटोपत्रकारको व्यक्तिव विकास गर्न सकिन्छ भन्ने विषयमा प्रवचन दिनुभयो । उहाँले आत्मविश्वास बढाउने ‘पहिरन’ कसरी लगाउने, भोलिका दिनमा कसरी आफूलाई गुणस्तरीय फोटोपत्रकारितामा सहभागिता गराउने भन्नेमा तालिममा सहभागीलाई जानकारी गराउनुभयो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३