ललितपुर महानगरपालिकाले निर्माण गरेको वडा नं १३, १४ र २५ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ ।
शुक्रबार सवारीसाधन सञ्चालन गर्न मिल्ने नख्खु खोलामा बनेको उक्त पक्की पुलको उद्घाटन महानगर प्रमुख चिरीबाबु महर्जनले गरेका हुन् ।
महानगर प्रमुख महर्जनले पुल निर्माण पश्चात सो भेगको सम्पूर्ण नगरबासिहरुलाई धेरै सुविधा पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘यो पुल निर्माण पश्चात यस भेगको सम्पूर्ण नगरबासिहरुलाई धेरै सुविधा पुग्ने छ । पक्कै पनि यो पुल निर्माणले यहाँका स्थानीयको दिनचर्यामा सुधार हुने छ । सहजिकरण हुनेछ ।’
त्यस्तै उनले आफूलाई पहिला देखि नै यहाँ एउटा पुल भइदिएको भए यो जात्रा पर्व लगायत धेरै कुरामा सहजिकरण हुन्थ्यो भन्ने हेक्का भएको भन्दै अन्तत पुल निर्माण हुँदा खुसी लागेको बताए ।
उनले भने,‘मलाई पहिला देखि नै हेक्काचाँही भएको थियो पहिला नै, यहाँ एउटा पुल भइदिएको भए यो जात्रा पर्व लगायत धेरै कुरामा सहजिकरण हुन्थ्यो भन्ने थियो । अन्तत पुल बन्यो । अब महानगरलाई सम्पदाको सहर सांस्कृतिक सहर जसरी भन्ने गर्दथ्यौं त्यो कुरामा पनि सहजिकरण अर्थात राम्रो पार्नको निमित्त यो पुलले धेरै सहयोग गर्नेछ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७